मंसिर ४, काठमाण्डौ । आधिकारिक ट्रेड युनियनका अध्यक्षमा पुण्यप्रसाद ढकालले कर्मचारीतन्त्रमा विकृति कामयै रहेको स्विकार गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ढकालले विकृति हुँदा हुँदै पनि कर्मचारीहरुले देशका लागि धेरै योगदान दिएको दावी गरे । भ्रष्टाचार गर्ने कर्मचारीलाई राज्यले कारबाही गर्नुपर्नेमा जोड दिए । आफू भ्रष्टाभारमुक्त देशका लागि सबैसँग हातेमालो गर्न इच्छुक रहेको उनले बताए ।
युनियनले पनि घुसखोरी र कमिसतन्त्रको विरुद्धमा हरेक जिल्लामा अभियान चलाएको ढकालले बताए ।
संघिय मामला तथा सामान्य प्रशासन मन्त्रीले कर्मचारी अटेरी भए भन्ने तर्कबारे जवाफ दिदै ढकालले मन्त्री पण्डित कर्मचारीहरुको अभिभावक भएको उल्लेख गर्दै आलोचना गरे । मन्त्रालयले हरेक दिन ५० औँ जना कर्मचारीको सरुवा गर्ने गरेको भन्दै असन्तुष्टी जनाए ।
“हरेक दिन कर्मचारी सरुवा गर्ने अनि बाहिर गएर कर्मचारीले टेरेनन् भन्ने ? विधि र प्रक्रियालाई काम गर्नुपर्छ । तेरो र मेरो भनेर काम गरियो भने समस्या आउँछ ।” ढकालले भने ।
मन्त्रीले जतिसुकै आरोप लगाए पनि सबै ठाउँमा निजामति कर्मचारीले नै काम गरिरहेको उनको जिकिर छ ।
आफू केही गर्न नसकेर मन्त्री पण्डितले कर्मचारीलाई दोषी बनाउन खोजेको ढकालको आरोप छ । गलत काम गर्ने कर्मचारीलाई नियमअनुसार कारबाही गर्ने उनले मन्त्रीलाई चुनौतिसमेत दिए ।