Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

म्यानपावर व्यवसायीहरुले गरे बैदेशिक रोजगार विभाग घेराउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७६, श्रावण, १५
म्यानपावर व्यवसायीहरुले गरे  बैदेशिक रोजगार विभाग घेराउ

 काठमाडौं। मलेसिया रोजगारी नखुलेको भन्दै म्यानपावर व्यवसायीहरुले बैदेशिक रोजगार विभागको ध्यानाकर्षण गरेका छन् । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा विभाग कार्यालय पुगेका व्यवसायीले तत्काल मलेसिया रोजगारी खुलाउन आग्रह गरेका हुन् । 

मलेसिया रोजगारी लामो समयसम्म बन्द हुँदा व्यवसाय गर्न पाउने अधिकार हनन भएको तथा कामदारको रोजगारीमा जान पाउने अवसर गुमेको भन्दै विभागका महानिर्देशक भुसालको ध्यानाकर्षण गरेका छन्। तत्काल मलेसियाको श्रम स्वीकृति खुल्ला नगरे व्यवसायी चुप लागेर नबस्ने भन्दै उनीहरुले लाइसेन्स बुझाउने सम्म चेतावनी समेत दिएका छन् ।

व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले महानिर्देशक भुसाललाई भने ‘श्रम कार्यालय तहाचालबाट मलेसियाको लागि पुर्व स्वीकृति लिएका डिमाण्डमा अन्तर्वार्ता शुरु गर्छौं, त्यसमा अबरोध गर्ने प्रयास नगर्नु।’ उनले मलेसियाको लागि यस अघि पुर्व स्वीकृति लिएका सबै फाइल अनुसार नै अन्तिम श्रम स्वीकृति दिलाउने व्यवस्था गर्न महानिर्देशक भुसाललाई आग्रह गरे।  

https://youtu.be/Y7BEnVMVXE4
Top Changing Nepal

युट्युब सट्स