तरकारीको मुल्य आकाशियो
काठमाण्डौ । काठमाडौंमा तरकारीको मुल्य बढ्न बहाना मात्रै चाहिन्छ । उपभोक्ताले पत्तै नपाई तरकारीको मुल्यले आकाश छुन्छ । यस वर्ष त झन तरकारीको मूल्यवृद्धिले कीर्तिमान नै कायम गर्ने संकेत देखिएको छ । अभाव सृजना गर्ने अनि मूल्यवृद्धि गर्ने प्रवृत्ति एकातिर छ भने विचौलियाले उत्पादन गर्ने कृषक र उपभोक्तालाई ठग्ने प्रवृत्ति अर्कोतिर ।
काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय टनसम्म तरकारी भित्रिने गर्छ । तरकारी व्यवसायी अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । सबै आलु प्याज जस्ता धेरै प्रयोग हुने तरकारी भारतको निर्भर हुनुपर्ने भएकोले गर्दा मंगीएको व्यवसायी बताउँछन् ।
यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन । त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको र मूल्य बढेको व्यवसायीहरुको भनाई छ । एकातिर उत्पादन घट्यो, अकोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार प्रत्येक मागअनुसार नपाएपछि बजार भाउ बढेको हो ।
उपभक्ताहरु भने जसरी पनि सर्वसाधारण नै ठगिने बताउँछन् । यसमा सरकारको फितलो अनुगमनका कारण पनि बिचौलियाले चलखेल गर्ने र ठग्ने मौका पाउने गरेका छन् । उत्पादिन गर्ने कृषकबाट निकै सस्तोमा खरिद गरिए पनि उपभोक्ताले किन्दासम्म मूल्य आकासिएको हुन्छ ।
अहिले बजारमा सबैभन्दा बढी प्याज आलुको भाउ आकासिएको छ । महिनादिनअघि ९३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याज अहिले १२५ रुपैया छ । बोडी भदौमा ८५ रुपैयाँ प्रतिकेजी थियो अहिले १२० पुगिसक्यो ।
च्याउ भदौमा १७५ प्रतिकेजी थियो, अहिले २२५ मा विक्रि भइरहेको छ । सबैभन्दा धेरै प्रयोग हुने आलु भदौमा प्रतिकेजी ६५ रुपैयाँ थियो अहिले ७६ रुपैयाँ पुगिसक्यो । घिउ सिमि भदौमा ८५ रहेकोमा अहिले ९५ छ भने भदौमा ६८ रुपैयाँ प्रतिकेजी विक्रि भएको पर्वर अहिले ९५ छ ।सबैजसो तरकारीजन्य वस्तुको मूल्य बढेको छ । न अनुगमन हुन्छ, न कालोबजारीया र विचौलियालाई कारबाही हुन्छ । सरकार उपभोक्तको समस्याप्रति गैरजिम्मेवार बनिरहेको छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
