तरकारीको मुल्य आकाशियो
काठमाण्डौ । काठमाडौंमा तरकारीको मुल्य बढ्न बहाना मात्रै चाहिन्छ । उपभोक्ताले पत्तै नपाई तरकारीको मुल्यले आकाश छुन्छ । यस वर्ष त झन तरकारीको मूल्यवृद्धिले कीर्तिमान नै कायम गर्ने संकेत देखिएको छ । अभाव सृजना गर्ने अनि मूल्यवृद्धि गर्ने प्रवृत्ति एकातिर छ भने विचौलियाले उत्पादन गर्ने कृषक र उपभोक्तालाई ठग्ने प्रवृत्ति अर्कोतिर ।
काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय टनसम्म तरकारी भित्रिने गर्छ । तरकारी व्यवसायी अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । सबै आलु प्याज जस्ता धेरै प्रयोग हुने तरकारी भारतको निर्भर हुनुपर्ने भएकोले गर्दा मंगीएको व्यवसायी बताउँछन् ।
यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन । त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको र मूल्य बढेको व्यवसायीहरुको भनाई छ । एकातिर उत्पादन घट्यो, अकोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार प्रत्येक मागअनुसार नपाएपछि बजार भाउ बढेको हो ।
उपभक्ताहरु भने जसरी पनि सर्वसाधारण नै ठगिने बताउँछन् । यसमा सरकारको फितलो अनुगमनका कारण पनि बिचौलियाले चलखेल गर्ने र ठग्ने मौका पाउने गरेका छन् । उत्पादिन गर्ने कृषकबाट निकै सस्तोमा खरिद गरिए पनि उपभोक्ताले किन्दासम्म मूल्य आकासिएको हुन्छ ।
अहिले बजारमा सबैभन्दा बढी प्याज आलुको भाउ आकासिएको छ । महिनादिनअघि ९३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याज अहिले १२५ रुपैया छ । बोडी भदौमा ८५ रुपैयाँ प्रतिकेजी थियो अहिले १२० पुगिसक्यो ।
च्याउ भदौमा १७५ प्रतिकेजी थियो, अहिले २२५ मा विक्रि भइरहेको छ । सबैभन्दा धेरै प्रयोग हुने आलु भदौमा प्रतिकेजी ६५ रुपैयाँ थियो अहिले ७६ रुपैयाँ पुगिसक्यो । घिउ सिमि भदौमा ८५ रहेकोमा अहिले ९५ छ भने भदौमा ६८ रुपैयाँ प्रतिकेजी विक्रि भएको पर्वर अहिले ९५ छ ।सबैजसो तरकारीजन्य वस्तुको मूल्य बढेको छ । न अनुगमन हुन्छ, न कालोबजारीया र विचौलियालाई कारबाही हुन्छ । सरकार उपभोक्तको समस्याप्रति गैरजिम्मेवार बनिरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

