• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
२७ माघ २०८२, सोमबार
२७ माघ २०८२, सोमबार $date = str_replace(",", "", $date); $parts = explode(" ", $date); if(count($parts) >= 4){ $weekday = $parts[0]; $month = $parts[1]; $day = $parts[2]; $year = $parts[3]; echo $day . " " . $month . " " . $year . ", " . $weekday; } else { echo $date; } ?>
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

  • १०. इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

दशैं पछि तरकारी खेती गर्ने सोचमा हुनुहुन्छ ? लिनुहोस सम्पूर्ण आधारभूत जानकारी

यो बिशेष लेखमार्फत नेपालमा गरिने घरेलु रुपमा करेसावारी तरकारी खेती, आय आर्जनका लागि गरिने व्यवसायिक तरकारी खेती, हिमाल, उच्च पहाड, मध्य पहाडी, बेंसी तथा तराई क्षेत्रमा गरिने सफल तरकारी खेतीको बारेमा बिस्तृत जानकारी उपलब्ध गराइएको छ । कुन भुगोला र हावापानीमा कस्ता प्रकारका तरकारीको खेती गर्दा सफल हुन्छ भन्ने बिषयमा पनि पर्याप्त जानकारी यो लेखमार्फत उल्लेख गर्ने प्रयास गरिएको छ ।

करेसाबारी :
करेसाबारी तरकारी खेतीलाई घरेलु स्तरमा गरिने तरकारी खेती भनिन्छ । आफ्नो घर वरिपरि रहेको थोरै जमीनलाई करेसाबारी भनिन्छ । करेसाबारी तरकारी खेतीमा परिवारका सबै व्यक्तिहरु लागेका हुन्छन् । थोरै ठाउँमा थोरै मात्रामा गरिने तरकारी खेती हो । यसको उत्पादन घरमै खपत गरिन्छ । लगानी पनि त्यति धेरै लाग्दैन ।

यो प्रविधि ग्रामीण तथा सहरी क्षेत्र दुबैमा गरिन्छ । फुर्सदको समय यसमा लगाइन्छ । सहरी क्षेत्रमा बस्ने मानिसहरुका लागि करेसाबारीमा काम गर्नु भनेको हरियाली बढाउनु र स्वच्छ हावामा शारीरिक व्यायाम गर्नु पनि हो ।
करेसाबारीमा उत्पादन भएको ताजा तरकारी सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । बजारबाट किनेको तरकारीभन्दा करेसाबारीमा उत्पादन गरेको तरकारी सस्तो हुन्छ ।

जुन बेला तरकारीको आवश्यकता पर्छ सोही समयमा करेसाबारीबाट तरकारी टिप्न सकिन्छ । यसबाट समयको वचत पनि हुन्छ । केही किसानहरुले विषादीको प्रयोग गरी समय नपुग्दै बजारमा तरकारी लैजाने गर्छन् । करेसाबारीमा तरकारी उत्पादन गर्नेहरु यस प्रकारको विष सेवनबाट बच्न सक्छन् ।

व्यवसायिक :
आयआर्जनका लागि ठूलो लगानी लगाएर ठूलै क्षेत्रफलमा गरिने खेती व्यवसायिक तरकारी खेती हो । यसमा आफ्नो ज्ञान, सीप, अनुभव र क्षमता प्रयोग गरिन्छ नै, उत्पादन लागत कम पर्ने गरी गरी धेरै उत्पादन गर्ने कोशिस गरिन्छ ।

व्यवसायिक ढंगले तरकारी खेती गर्दा उपलब्ध आफ्नो जमीन अथवा भाडामा लिएको जमीन, त्यहाँको हावापानी, सिंचाइ सुविधा, क्षेत्रफल, बजार तथा यातायातको सुविधा आदि कुराहरुलाई विचार गरेर कुन बाली कुन समयमा कति मात्रामा उत्पादन गर्ने भन्ने योजना बनाउनु पर्दछ । यसमा लगानी प्रसस्त लाग्दछ र समयमा विचार पु¥याएन भने ठूलो नोक्सान पनि हुनसक्दछ ।

यो पुस्तकमा करेसाबारी तरकारी खेतीभन्दा व्यवसायिक तरकारी खेतीतर्फ विशेष ध्यान दिने गरी व्याख्या गरिएको छ । आजको जमाना व्यवसायिक तरकारी खेतीको हो । यसमा निर्धक्क लगानी गर्नु पर्छ । उन्नत प्रविधिको प्रयोग गर्नु पर्दछ । उन्नत जातको बिउ प्रयोग गर्नु पर्छ । २९४ जना मानिसहरुलाई काम दिन सकिन्छ र राम्रो आम्दानी गर्न सकिन्छ ।

ठाउँठाउँमा नयाँ बाटाघाटाहरु खुलेका छन् । गाउँबस्तीहरुमा समेत यातायातको ढुवानी पहुँच पुगेको छ । नयाँनयाँ हाट बजारहरु स्थापना भएका छन् । तरकारी संकलन केन्द्रहरु बनेका छन् ।

तरकारी खेती र यसको व्यापारको ठूलो संभावना छ । त्यसैले अब धेरैभन्दा धेरै किसानहरु व्यवसायिक तरकारी खेती तर्फ लाग्नु पर्दछ । विदेशमा हण्डर खाएर फर्केका जाँगरिला केही युवाहरु व्यवसायिक तरकारी खेतीतर्फ लागेका छन् । नेपालको कृषि क्षेत्रको उन्नतिका लागि यो सकारात्मक सन्देश हो ।

विभिन्न स्थानका तरकारीहरु :

हिमाली क्षेत्र :
तीन हजार मिटरभन्दा माथिको क्षेत्र हिमाली क्षेत्रमा पर्दछ । यस क्षेत्रको औसत तापक्रम गर्मीमा १० डि.से. र जाडोमा एकदेखि पाँच डिग्री सेल्सियसको बीच रहन्छ । जाडोको चार–पाँच महिना प्रायः हिउँले ढाकिने भएकोले प्रायः खेती हुँदैन । यद्यपि बर्खे याममा बन्दा, काउली, मूला र गाजरजस्ता तरकारीहरुको खेती गर्न सकिन्छ ।

बन्दाको बिउ तयार गर्न यस्तो क्षेत्रको आवश्यकता पर्दछ । हिमाली क्षेत्रमा व्यवसायिक रुपमा तरकारीको खेती गर्न चाहने किसानले ताजा तरकारी उत्पादन तर्फभन्दा बिउ उत्पादनतर्फ जोड दिनु राम्रो हुन्छ ।

उच्च पहाड :
समुद्र सतहबाट १५०० मिटरदेखि ३००० मिटरसम्मको उचाइमा यो भाग पर्दछ । यस क्षेत्रको तापक्रम १० डिग्री सेल्सियसदेखि २५ डिग्री से.सम्म रहन्छ । श्रावणदेखि कात्तिकसम्म र फागुनदेखि बैशाखसम्म शितोष्ण अवस्था रहन्छ । त्यसैले यस क्षेत्रमा यो मौसममा रायो, मूला, काउली, बन्दा, गाजर, सिमी, केराउ, स्कुस आदिको खेती राम्रो हुन्छ ।

यो क्षेत्रमा यी बालीहरु वसन्त र शरद दुबै मौसममा लिन सकिन्छ । यो क्षेत्र गर्मीमा बेमौसमको तरकारी उत्पादनका लागि अति नै उपयोगी छ । त्यसैले व्यवसायिक तरकारी खेती गर्ने किसानले यसबाट राम्रो फाइदा लिन सक्दछन् ।

मध्यपहाडी :
समुद्र सतहबाट ६०० मिटरदेखी १५०० मीटरसम्मको उचाइमा फैलिएको क्षेत्र जहाँ गर्मीको तापक्रम २० डिग्री से.देखि ३० डिग्री से. रहन्छ । हिउँदको औसत तापक्रम १० डि।से।देखि १५ डि.से.सम्म रहन्छ । कहिलेकाहीँ शून्य डिग्रीको नजिक पनि पुग्दछ । यहाँ गर्मीमा उपोष्ण र जाडोमा शीतोष्ण अवस्था रहन्छ ।

मध्यपहाडी क्षेत्रमा काउली, मूला, गाजर, बन्दा गोलभेडा, भेडेखुसार्नी, स्क्वास, काँक्रो अदुवा, लसुन आदि धेरै तरकारी र मसला बालीहरु लगाउन सकिन्छ । यस क्षेत्रमा व्यापक मौसमी विविधता रहने भएकोले व्यवसायिक तरकारी खेतीको लागि ज्यादै उपयुक्त स्थान हो । यस क्षेत्रमा समय मिलाएर सबै प्रकारको तरकारी खेती गर्न सकिन्छ । बेमौसमी तरकारी खेतीका लागि पनि यो क्षेत्र सबैभन्दा उपयुक्त छ ।

बेंसी तथा तराई :
समुद्र सतहबाट ५८ मि.देखि ६०० मि.सम्म फैलिएको यो क्षेत्रमा गर्मीमा ३० डि.से.देखि ३५ डि.से.सम्म तापक्रम पुग्दछ । यहाँ जाडोको औसत तापक्रम ५ डि.से.देखि १५ डि.से.सम्म हुन्छ । यो क्षेत्रमा जाडोमा न्यानो शितोष्ण, शरद तथा बसन्तमा उपोष्ण र गर्मीमा उष्ण हावापानी पाइन्छ । ताजा तरकारी उत्पादनका दृष्टिले यो क्षेत्र अति महत्वपूर्ण छ ।

यो क्षेत्रको हलुका माटो र राम्रो निकास व्यवस्था भएको भूभाग व्यवसायिक तरकारी खेतीका लागि सर्वोत्तम स्थल हो । यहाँ सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ । प्लाष्टिक टनेल बनाएर बाह्रै महिना सबै प्रकारका तरकारीहरु उत्पादन गर्न सकिन्छ । बजार संभाव्यता पनि यसै क्षेत्रमा सबभन्दा बढी छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
नेप्सेमा १०.२५ अंकको गिरावट
नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • नेप्सेमा १०.२५ अंकको गिरावट
  • नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार
  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.