• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २१ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २२ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २३ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • २३ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • २४ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

पवित्र तीर्थस्थल कैलाश पर्वत बारे यस्ता छन् आश्चार्यजनक रहस्य

admin २०७६, फाल्गुन, १

काठमाडौं । कैलाश पर्वतका नाम जोकोहीले सुनेकै हुनुपर्छ । शिव पुराण, मत्स्य पुरणा, स्कन्द पुराण अथाव भगवान शिवको महिमा वाचन गर्दा ‘कैलाश पर्वतको’ नाम र महिमाको जताततै चर्चा हुन्छ । देवताका पनि देवता आरध्यदेव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौराणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्वभित मुद्रामा रहेको छ ।

हेमश्रीङ्ग, वैद्युत, ककुन्दमान र वरुण, श्रिङ्गवान र हिरण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्वतहरुको बिचमा अवीस्थत यस पर्वतकोलाई कमलको फूलको प्रतिकको रुपमा पनि लिइन्छ । स्वयं भगवान शिवलाई नै कैलाशको नामले पुकारिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैलाश पर्वत एक रहस्यमयी पर्वत हो । जहाँ धेरै रहस्यहरु रहेका छन् । मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ । हिन्दू धर्मावलम्वीहरुले जीवनमा एकपटक कैलाश मानसरोवरमा जानैपर्ने मान्यता पनि राख्दछन् ।

कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल निकै मनोरम पनि छ । प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व अझ बढी छ । पौराणिक मान्यता अनुसार यस पर्वतका केही रहस्यहरु यहाँ उल्लेख गरिएको छ;

चार धर्मको तीर्थस्थल
कैलाश मानसरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो । तिब्बतीहरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाइलामा कैलाशको यात्रा गरेका थिए । कैलाश क्षेत्रलाई स्वयम्भू समेत मान्दछन् ।

नदीहरुको उद्गमस्थल
नेपालको कर्णाली नदीको उद्गम स्थल पनि हो– कैलाश पर्वत । कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट शुरु हुन्छन् । कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अश्वमुख (घोडाको मुखजस्तो) रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ । यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वातावरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।

डमरु र ॐ को आवज
कैलाश पर्वत या मानसरोवर तलाउ क्षेत्रमा निरन्तर एक आवाज सुनिन्छ । ध्यानमग्न तथा एकाग्र चित्तले सुन्ने हो भने यहाँ डमरू र ॐ को आवाज सुनिन्छ । वैज्ञानिकहरुका अनुसार यो आवाज हिउ पग्लिएर आएको मान्दछन् । यस्तो पनि मान्यता राखिन्छ कि प्रकाश र ध्वनिकाे समागमबाट यहाँ ‘ॐ’कारको ध्वनि सुनिएको हुनसक्छ ।

यति मानवको रहस्य
हिमालयवासीको भनाइलाई मान्ने हो भने यहाँ यति मानव पाइन्छ । कोई यसलाई हिमाली भालू समेत भन्ने गर्छन् भने कसैले जंगली मानव या हिम मानव पनि भन्छन् । यो धारणा समेत राखिन्छ कि यति मानवले मान्छेलाई मारेर खान्छ । केही वैज्ञानिकहरु भने यसरलाई निडर स्थल मानव मान्दछन् । अधिकांश वैज्ञानिकहरुको दाबी के छ भने हिमालयको बाक्लो हिउ भएको क्षेत्रमा हिम मानव हुन्छन् ।

दुई रहस्यमयी ताल
यहाँ २ रहस्यमयी ताल (सरोवर) छन । एउटा मानसरोवर र दोस्रो राक्षस नामको ताल । मानसरोवर दुनियाको शुद्ध पानीको उच्चतम ताल मध्यको एक हो । जसलाई सूर्यसमान मानिन्छ । दोस्रो राक्षस नामक ताल जहाँको पानी पवित्र मानिदैन । यसलाई चन्द्रमासँग तुलना गरिन्छ । यी दुबै तालको सम्बन्ध सूर्य र चन्द्रमासँग जोडिएको छ । जसले सकारात्मक र नकारात्मक ऊर्जा दिने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.