Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

यूएईमा रहेका नेपालीमा अत्यन्त जरुरी सूचना, समस्यामा परे दूतावासमा सम्पर्क गनुहोस्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, चैत्र, १३
यूएईमा रहेका नेपालीमा अत्यन्त जरुरी सूचना, समस्यामा परे दूतावासमा सम्पर्क गनुहोस्

यूएई । युएईस्थित नेपाली दुतावासले युएईमा रहेका नेपालीहरु भिसा सकिएर वा नेपाल फर्कन नपाएर समस्यामा परेमा युएईस्थित नेपाली दुतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

दुतावासले एक सूचना जारी गर्दै युएईमा कार्यरत कम्पनीले काम नदिएकोले खान बस्न समस्या भएमा पनि आबुधाबीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यूएई सरकारले कोरोनाको कारण उत्पन्न परिस्थितीले कुनै पनि देशका नागरिकलाई समस्या पर्न नदिने र परेकालाई सम्बन्धित देशको दूतावासमार्फत समस्याको सम्बोधन गर्ने घोषणा गरिसकेको छ । दूतावासले समस्यामा परेका नेपाली नागरिकसँग विभिन्न माध्यममार्फत सम्पर्क गर्ने, उनीहरुको तथ्यांक राख्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गरी श्रम काउन्सिलर निर्मला थापालाई सम्पर्क व्यक्ति तोकेर काम गरिरहेको जनाईएको छ ।

कोरोनाका कारण उत्पन्न कुनै पनि परिस्थितीले समस्यामा परेको भए दूतावासको सम्पर्क नम्बर, दूतावासको फेसबूक पेज, सामाजिक संघसस्था तथा जुनसुकै माध्यममार्फत पनि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

दुतावासको सम्पर्क नम्बरहरु : +९७१२६३४४७६७, +९७१२६३४४३ ८५ 

Top Changing Nepal

युट्युब सट्स