अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुहरूलाई स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवा सुरु गरेको छ।
शुक्रबार एउटा गाडीबाट सुरु गरिएको उक्त सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष गरी कुल १९ जनालाई काठमाडौँ ल्याइएको थियो। आज (शनिबार) देखि थप एउटा गरी दुई वटा सवारी साधन सञ्चालनमा ल्याइएका छन्।
सञ्चालित दुई गाडीमध्ये एउटा रसुवादेखि काठमाडौं यात्रु ओसार्दै आएको १९ सिट क्षमताको ९००६ ख ९३३९ नम्बर० गाडी हो भने अर्को महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको १० सिट क्षमताको (०३० च ७३६४ नम्बर) गाडी हो। निःशुल्क सञ्चालित यी सवारी साधनलाई सहजै चिन्न सकियोस् भन्नका लागि अगाडि र पछाडि ब्यानर राखिनुका साथै दुवै गाडीमा नगर प्रहरीसमेत खटाइएको छ।
आवश्यकताका आधारमा सवारी साधनको सङ्ख्या अझ बढाउँदै लैजाने महानगरको योजना छ। सवारी साधनमा खटिएका जनशक्तिलाई विपद् व्यवस्थापनमा प्रोत्साहित गर्न आज काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा राष्ट्रिय सभा गृह पुगेका थिए।
यो सेवा मुख्य गरी नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौं महानगरपालिकासम्म सञ्चालन हुनेछ। कामको सिलसिलामा रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा पुगेर विपद्पछि अलपत्र परेका र काठमाडौं फर्कन चाहने व्यक्तिहरू तथा प्रभावित क्षेत्रमा आफन्तको खोजीका लागि काठमाडौंबाट जानुपर्ने व्यक्तिहरूलाई लक्षित गरी यो सेवा थालिएको हो।
यी सवारी साधनले दैनिक दुई पटक यात्रु ओसार्ने महानगरपालिकाले जनाएको छ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
