३ महिनादेखि रोकिएको वैदेशिक रोजगारीको बाटो खुल्यो, प्रक्रिया पुर्याएर श्रम स्वीकृति दिइने
मनोज पराजुली । काठमाडौं । सरकारले कोरोना महामारीका कारण विगत ३ महिनादेखि रोकिएको वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स्वीकृति दिनको लागे बाटो खुलेको हो ।
सीसीएमसी बैठकले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई विदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने उल्लेख गरेको थियो । सोहि अख्तियारीको आधरमा श्रम मन्त्रालयको सिफारिसका आधारमा विदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय आएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबाललाई जानकारी दिए । ‘जापान लगायत खाडी देशका केहि कामदार भिषा भएर पनि श्रमस्वीकृति नपाएकाहरु रहेका थिए अब श्रम स्वीकृति पाउनेछन्’ प्रवक्ता घिमिरेले भने ।
नयाँ कामदार पठाउनको लागि सम्बन्धित देशसंग समन्वय गरेर गन्तव्य मुलुकमा पठाउने हिसाबले गृहकार्य शुरु गरेका छौं प्रवक्ता घिमिरेले भने ‘अब एकदुई दिनभित्र नै श्रम स्वीकृति खुल्छ ।’ गन्तव्य मुलुकले कामदार लिएमा कामदार जानको लागि आवतजावत खुला भएको पनि उनले बताए ।
नयाँ र पुन श्रम स्वीकृति दिनको लागि बाटो खुलेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले सझासबाललाई जानकारी दिए । श्रम मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएपछि श्रम स्वीकृति दिन शुरु गरिने दाहालले बताए ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशन पश्च्यात विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ प्रकारका श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो ।
२ लाखको हाराहारी मागपत्र रहेका र २१ हजार श्रम स्वीकृति लिएर जान नपाएको अवस्था रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णु गैहेले साझा सवाललाई बताए । मलेसियामा रोजगारदाता कम्पनीले आफ्नै मापदण्ड बनाउने तयारी गरेका बारे जानकारी प्राप्त भएको उनले बताए । विदेशमा रहेका नेपालीलाई रोजगारी गुमाउने अवस्था आउन नदिन पनि सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
सरकारले असार २१ सम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । जसका कारण नियमित उडान भने हुने छैनन् तर तत्कालका चार्टर गरि विदेशबाट कामदार ल्याइएका जहाज फर्कने बेलामा लागि कामदार जान सक्ने प्रवक्ता घिमिरेले बताए ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
