सकियो माओवादी केन्द्रको बैठक : सरकारमा रहने / नरहनेबारे के भयो निर्णय ?
काठमाडौं – केहीबेरमा बस्न लागेको प्रतिनिधिसभा बैठक अगाडी बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नछाड्ने, प्रमुख र अरु प्रतिपक्षसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्नै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकार नछाड्ने बताउँदै वर्तमान परिस्थिती नियालिरहेको र त्यसको विश्लेषण गरेर अघि बढ्ने बताएका हुन् । स्थायी कमिटी बैठकले पार्टीको अहिलेको स्थितीको यथार्थलाई अगाडी राखेर अबको संगठन निर्माणको योजनालाई ठोस दिशामा अघि बढाउनको लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ ।
श्रेष्ठका अनुसार नेताहरु गिरीराजमणि पोखरेल, पम्फा भुषाल, जनार्दन शर्मा, वर्षमान पुन रहेको ४ सदस्यीय कार्यदल बनाइएको छ । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले थपे, ‘विभिन्न पार्टीका नेताहरूसँग आज पनि वार्ता गर्ने तयारीबारे बैठकमा कुराकानी भएको छ । यस्तै पार्टीको केन्द्रीय कमिटी बैठक चैत १ गते र प्रशिक्षणात्मक बैठक २ गते गर्ने निर्णय पनि भएको छ ।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

