कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक, यस्ता छन् विषय
काठमाडौँ: आगामी शैक्षिकसत्रदेखि कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक लागू हुने भएको छ । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक तयार परिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । पाठ्यपुस्तक तयार भएको छ । आगामी शैक्षिकसत्रदेखि कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक हुन्छ’, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भने, ‘किताब छपाइको काम बाँकी छ ।’ १०र१५ दिनभित्र किताब छपाइमा पठाउने उनले बताए । ‘१ असारदेखि शैक्षिकसत्र सुरु हुन्छ । शैक्षिकसत्र सुरु हुनु पहिले नै सबै जिल्लामा किताब पुर्याउँछौँ’, उनले भने, ‘किताब छपाइका लागि एक महिना लाग्छ । अर्को एक महिनामा वितरण गछौँ ।’ निर्देशक भट्टराईका अनुसार कक्षा २ र ३ को निजी र कक्षा ६ को जनक शिक्षाबाट छपाइ हुने छ । पाठ्यक्रम विकास केन्द्रले ७० लाख विद्यार्थीका लागि किताब तयार पार्ने गरेको छ ।
कक्षा २ र ३ का नयाँ विषय
पाठ्यक्रम विकास केन्द्रले कक्षा २ र ३ मा चारवटा पाठ्यपुस्तक तयार पारेको छ ।
नेपाली
अंग्रेजी
गणित
हाम्रो सेरोफेरो
एउटा किताब स्थानीय तहले बनाउने निर्देशक भट्टराईले बताए । मातृभाषा वा स्थानीय विषय हुनेछ ।
कक्षा ६ का नयाँ विषय
कक्षा ६ को लागि केन्द्रले ६ वटा विषय बनाएको छ ।
नेपाली
अंग्रेजी
गणित
विज्ञान
सामाजिक
र, स्वास्थ्य शारीरिक
कक्षा १२ का विषय
कक्षा १२ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय समावेश गरिएको छ ।नेपाली
अंग्रेजी
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
र, गणित
अनिवार्य विषयमा पनि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये विद्यार्थीले एक विषय रोज्नुपर्ने हुन्छ । अरु तीनवटा ऐच्छिक विषय पनि विद्यार्थीले रोज्न पाउने पाउने छन् । चारवटा समूहमा ८० वटा विषय छन् तीमध्ये तीनवटा विषय विद्यार्थीले रोज्नुपर्ने हुन्छ ।
१ र ११ भने नयाँ पाठ्यपुस्तक यो वर्षदेखि लागू भएको हो । कक्षा ११ र १२ मा गणितको विषयलाई लिएर विवाद भएको थियो।अन्ततस् गणितलाई पनि अनिवार्य विषयमा राखिएको छ ।यसअघि गणितलाई ऐच्छिकमा राखिएको थियो ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

