७ जना बच्चा जन्माएका कारण १ कारोड ८१ हजार जरिवाना
काठमाडौं : चीनमा रहने एक दम्पतीले दुईवटा मात्रै बच्चा जन्माउन पाउने नीति उल्लंघन गर्दैसात बच्चा जन्माए । यसपछि उनीहरुले सरकारलाई ठूलो जरिवाना रकम बुझाउनु परेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार दम्पतीले साता बच्चा जन्माएका कारण १ लाख ५५ हजार अमेरिकी डलर ९झन्डै १ लाख ८१ हजार नेपाली रुपैयाँ सोशल सपोर्ट फिस बुझाउनुपर्यो । ३४ वर्षकी महिला उद्योगपति ज्हांग रोंगरोंग र उनका ३९ वर्षका पतिका पाँच छोरा र दुई छोरी छन् । जरिवाना नबुझाएको भए उनीहरुले पाँचजना बच्चाको सरकारी पहिचानसँग जोडिएका कागजात प्राप्त गर्न सक्दैन थिए । ज्हांगले स्किनकेयर, ज्वेलरी र कपडाका उद्योग चलाइरहेकी छिन् र उनको दक्षिण–पूर्वी चीनमा उनका कम्पनीहरु छन् । आफूलाई एक्लोपनले धेरै हैरानी हुने भएकाले धेरै बच्चा जन्माएको उनले बताएकी छिन् । ‘म कहिल्यै एक्लो रहन चाहन्न । जब मेरा पति आफ्नो व्यापारिक टुरका लागि बाहिर हुन्छन् । तब मलाई निकै दुख लाग्ने गर्छ । मेरा ठूला छोराछोरी पढाइका लागि अन्य शहरमा गइसकेका छन्, त्यस्तोमा साना बच्चाहरु मेरो साथमा रहन्छन्,’ उनले भनिन् । सातजना सन्तान जन्माइसकेपछि अब फेरि सन्तान जन्माउने कुनै योजना नरहेको उनले बताइन् ।
ज्हांगका अनुसार बच्चा जन्माउने योजना बनाउनुअघि उनीहरुले आर्थिक रुपमा सम्पन्न हुने सुनिश्चित गरिसकेका छन् । ‘हामीले उनीहरुलाई आर्थिक सुरक्षा दिन सक्छौं भन्ने सुनिश्चितता गरेपछि बच्चा जन्माउने योजना बनाएका थियौं,’ उनले भनिन् ।
चीनमा १९७९ मा एक बच्चा नीति सुरु भएको थियो । जन्मदर निकै घटेपछि २०१५ मा यस नीतिलाई परिवर्तन गरेर दुईवटा बच्चा जन्माउन सक्ने नीति लागु गरियो । एजेन्सी
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
