• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
  • ७ घण्टा 

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • १० घण्टा 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
  • १ दिन 

कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २ दिन 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • २. रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • ३. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ६. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ७. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ८. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

अस्ट्रेलियामा लगातारको भारी वर्षाले जनजीवन प्रभावित, १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो

admin २०७७, चैत्र, ९

कुनै समय डढेलोले सताएको अस्ट्रेलियामा अहिले बाढीले तहसनहस पारेको छ। अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लगातार परेको मुसलधारे वर्षाका कारण बाढी र डुवान हुन थालेपछि स्थानीय सरकारले हजारौं मानिसलाई घर छाड्न र सुरक्षित ठाउँमा जान अनुरोध गरेको छ। ह्र्याक्सबरी र नीपीयन नदीमा जलासयले खतराको सीमा नाघेपछि सरकारले १८ हजारलाई सुरक्षीत स्थानमा सारिसकेको छ।

सिड्नी नजीकैको पेनरिथ, मुलोगा र जेमिसनको पश्चिमी क्षेत्र सबैभन्दा बढी डुबानको खतरा छ। मानवीय क्षति नभए पनि यसले धेरै मानिसलाई उठीवास लगाएको छ। न्यूसाउथवेल्स राज्यको आपतकालीन सेवा विभागका कमिश्नर डेनियल अस्टीनले प्रभावित क्षेत्रका लागि चेतावनी जारी गरिएको र स्थितिलाई निकै नजिकबाट नियालिरहेको बताएका छन्। उनले यी क्षेत्रमा बसोबास गर्नेहरुलाई सावधान रहन पनि भनेका छन्। न्यूसाउथवेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लिनले न्यूक्यासल एयरपोर्टका सबै उडान बुधबारसम्मका लागि स्थगित गरिएको जानकारी दिइन्। बाढीका कारण १ सय ३० वटा स्कुल पनि आपतकालीन रुपमा बन्द गरिएको छ।


दुई दिनअघिको भारी वर्षाका र हावाहुरीका कारण प्रभावित बनेको पोर्ट मक्वारी र टारीका अधिकांश घरहरु डुबेका कारण स्थानीयलाई लगाउने लुगाकै समस्या भएको जनाईएको छ। यसैबीच संघीय सरकारले बाढी र आँधी प्रभावित बनेका १६ काउन्सिल क्षेत्रमा प्रकोप भुक्तानीलाई बढाएको छ। उनीहरुले आर्थिक सहायताको लागि आवेदन दिन सक्नेछन्। आईतबार राति ९ बजेसम्म आपतकालीन सहयोगका लागि १० हजार फोन कलहरु आएको र ८ सय उद्धार गरिसकिएको जानकारी प्राप्त भएको छ।

यसैबीच अष्ट्रेलियाका लागि नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकहरुलाई सतर्क रहन र बाढी अनि आँधीको जोखिमबारे सचेत रहन अपिल गरेको छ। दूतावासले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रकाशित गर्दै कुनै आपतकालीन अवस्था आइपरेको बेला स्थानीय ईमर्जेन्सी सेवाको फोन नम्बरमा सम्पर्क गर्न वा दूतावासमा आफ्नो अवस्थाबारे जानकारी दिन भनेको छ। अर्कोतर्फ, न्यूसाउथवेल्सका लागि नेपाली महावाणिज्यदूत दीपक खड्काले पनि यस्तै सूचना जारी गर्दै कुनै पनि आपतकालीन अवस्थामा सहायताका लागि आफूहरू तयार रहेको जानकारी दिएको छ। बाढी प्रभावित क्षेत्रहरुमा नेपालीहरुको समेत बाक्लो बसोबास भए पनि अहिलेसम्म त्यस्तो कुनै क्षतिको खबर भने आएको छैन।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

ताजा

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.