रुरु जलविद्युतले चैत २० देखि आईपीओ निष्काशन गर्ने, मूल्य १ सय २० रुपैयाँ
रुरु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अङ्कित मूल्यमा प्रिमियम मूल्य थप गरेर आईपीओ निष्काशन गर्ने भएको हो । यसले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता १ सय २० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कूल ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आईपीओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्ने छ । रुरु जलविद्युतको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
इक्रा नेपालले यस परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रुरुले स्थानीयलाई आईपीओ बिक्री गरिसकेको छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
