फागु खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाको गयो ज्यान
जानकारी केन्द्र
२०७७, चैत्र, १६
काठमाडौं । फागु खेल्ने क्रममा भएको विवाद बढ्दै गएपछि भएको झगडामा बाग्लुङमा दुई युवकको ज्यान गएको छ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो फागु खेल्ने क्रममा दुई समूहबीच झगडा भएको हो ।
घटनामा बाग्लुङको निसीखोला गाउँपालिका ७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको पुष्टि भएको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसरा बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा फागुमा भेला भएर रमाइलो रमाइलो गर्दै गर्दा झगडा भएपछि ग्याङ फाइट भएको र त्यसमा दुई जनाको ज्यान गएको हो ।
उहाँका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । घटनामा केही सम्पर्कविहीन भएका आशङ्का गरिएकाले खोजी भइरहेको छ । घटना बारे थप जानकारी आइसकेको छैन । अनुसन्धान भइरहेको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
