Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

फागु खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाको गयो ज्यान

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७७, चैत्र, १६
फागु खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाको गयो ज्यान

काठमाडौं । फागु खेल्ने क्रममा भएको विवाद बढ्दै गएपछि भएको झगडामा बाग्लुङमा दुई युवकको ज्यान गएको छ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो फागु खेल्ने क्रममा दुई समूहबीच झगडा भएको हो ।

घटनामा बाग्लुङको निसीखोला गाउँपालिका ७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको पुष्टि भएको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसरा बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा फागुमा भेला भएर रमाइलो रमाइलो गर्दै गर्दा झगडा भएपछि ग्याङ फाइट भएको र त्यसमा दुई जनाको ज्यान गएको हो ।

उहाँका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । घटनामा केही सम्पर्कविहीन भएका आशङ्का गरिएकाले खोजी भइरहेको छ । घटना बारे थप जानकारी आइसकेको छैन । अनुसन्धान भइरहेको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।

Top Changing Nepal

युट्युब सट्स