सर्वोच्च परिसरभित्र दुई अधिवक्ताबिच कुटाकुट
जानकारी केन्द्र
२०७७, चैत्र, १६
काठमाडौँ । सर्वोच्च अदालत परिसरभित्र दुई अधिवक्ताबिच कुटाकुट भएको छ । सोमबार दिउँसो सर्वोच्च परिसरभित्र अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबिच कुटाकुट भएको हो ।
अधिवक्ताद्वय जोशी र गुप्ताबिच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो । गुप्ताले जोशीबाट पाँच वर्षअघि १ लाख रुपैयाँ लिएको र सोही रकमको विषयमा कुटाकुट भएको बताइएको छ । अधिवक्ता जोशीले गुप्तासँग पैसा मागेपछि कुटाकुट भएको थियो ।
कुटाकुटबाट जोशीको मुखमा चोट लागेको छ । अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको आरोप लगाएका छन् । सर्वोच्च परिसरमा नै कुटाकुट भएपछि जोशी प्रहरी समक्ष जाहेरी दिन पुगेका छन् ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
