यी हुन् सामूहिक राजीनामाको पत्रमा हस्ताक्षर गरेका एमालेका प्रत्यक्ष निर्वाचित २१ सांसद (सुचीसहित)
काठमाडौं, २२ वैशाख । नेकपा एमालेका २१ जना प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामाका लागि तयार भएका छन् । माधव नेपाल र झलनाथ खनाल समूहका उनीहरुले हिजो बुद्धनगरमा भेला भएर सामूहिक राजीनामाको पत्र तयार गरेका हुन् ।
पत्रमा राजीनामा गर्नुपरेको कारण खुलाएर हस्ताक्षर समेत गरिएको छ । कोरोना भाइरसको संक्रमणले नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने भेलामा उपस्थित हुन सकेनन् । तर, उनीहरुले खनालसँग पनि सम्पर्क गरी पत्र तयार गरेको बुझिएको छ ।
हस्ताक्षर गर्ने सबै २१ जना एमालेको सुर्य चिन्हबाट प्रत्यक्ष निर्वाचितहरु छन् । उनीहरुमध्ये अधिकांशलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण मागेर कारबाहीको सूचीमा राखेका छन् ।
माधव नेपाल समूहले आफ्नो पक्षमा २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरु रहेको दाबी गर्दै आएको छ । २ जनाले भने केही समय पर्खौं भनेर हस्ताक्षर नगरेको बुझिएको छ ।
माधव नेपाल र झलनाथ खनाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसद
माधवकुमार नेपाल
झलनाथ खनाल
भीम रावल
सुरेन्द्र पाण्डे
योगेशकुमार भट्टराई
यज्ञराज सुनुवार
विरोध खतिवडा
कृष्णलाल महर्जन
सोमप्रसाद पाण्डे
गोकर्णराज बिष्ट
घनश्याम भुसाल
दिपकप्रसाद भट्ट
झपटबहादुर रावल
कृष्णप्रसाद दाहाल
गणेशकुमार पहाडी
जयकुमार राई
जीवनराम श्रेष्ठ
मेटमणि चौधरी
नारायणप्रसाद खतिवडा
पवित्रा निरौला खरेल
भवानीप्रसाद खापुङ
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
