ओलीले सामूहिक राजीनामालाई ‘अपराध कर्म’ को संज्ञा दिए (प्रेस वक्तव्यसहित)
काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदहरुले सामूहिक राजीनामा गरेमा त्यो ‘अपराध कर्म’ हुने टिप्पणी गरेका छन् । उनले आज प्रेस वक्तव्य जारी गर्दै अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन आग्रह गरेका छन् ।
आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कर्त केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस वक्तव्यमा भनेका छन्, ‘यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुने आव्हान र आग्रह गर्दछु ।’
उनले पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव बनाउने घातक प्रवृत्तिहरु देखा परेको समेत बताएका छन् ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर सांसदहरु सामूहिक राजीनामाका लागि अगाडि बढ्दा ओलीको विज्ञप्ति आएको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

