Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

ईजरायलमा १८० भन्दा बढी रकेट प्रहार, सुरक्षित रहन दुतावासद्वारा नेपालीहरुमा अपिल !

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, जेष्ठ, १
ईजरायलमा १८० भन्दा बढी रकेट प्रहार, सुरक्षित रहन दुतावासद्वारा नेपालीहरुमा अपिल !

 काठमाडौं । ईजरायलस्थित नेपाली दुतावासले इजरायलमा रहेका नेपालीहरुमा सुरक्षित रहन अपिल गरेको छ । इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले एक विज्ञप्ति जारी गर्दै आवश्यक सुरक्षा सावधानी अपनाउन अपिल गरेकी हुन् ।

“विगत केही दिनयता ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दैगएपछि केही दिनदेखि जेरुसेलम र दक्षिण ईजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको छ, हिजो राती मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको छ। यसले हामी सबैलाई त्रसित तुल्याएको छ। तथापि, यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न हामी ईजरायलवासी सबै नेपालीहरुमा हार्दिक अपिल गर्दछौं।” विज्ञप्तिमा भनिएको छ ।

“खासगरी साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) हुनुहुन्छ भने पनि नजिकैको बङ्करमा पुगिहाल्नुहुन र त्यो उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित हुने उपाय अपनाउन, कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा ईजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अपिल गर्दछौं।”

Top Changing Nepal

युट्युब सट्स