निषेधाज्ञाको अवधिमा कर र जरिवाना नलिन सर्वोच्चको आदेश
जानकारी केन्द्र
२०७८, जेष्ठ, ५
काठमाडौं, ५ जेठ । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीको अवधि र त्यसपछिको ३० दिन कर नलिन आदेश जारी गरेको छ । सर्वोच्चले जरिवाना समेत नलिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले दायर गरेको रिटमाथि सुनुवाई गदै न्यायाधीश मीरा खड्काको एकल इजलाशले आज दिएको आदेशमा करदाताले कर दाखिला गर्न सक्ने अवस्था र परिस्थिति नभएको उल्लेख छ । कर विवरण र कर दाखिला गर्नु कर्तव्य भएता पनि कोरोना भाइरसका कारण सिर्जित बन्दाबन्दीको विषम परिस्थितिका कारण परिस्थिति नदेखिएको आदेशमा भनिएको छ ।
सरकारले तीन हप्तायता निषेधाज्ञा जारी गरेपछि करदाताहरु समस्यामा परेका छन् । उनीहरुले कर दाखिला गर्न पाएका छैनन् । समयमा कर दाखिला नगर्दा जरिवाना लाग्नसक्नेमा चिन्तामा छन् ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

