जेठ ०७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हात लागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला । होसियारी साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा मनग्य फाइदा हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । पहिलेका समस्या दोहोरिन सक्छन् । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किकताले सम्मान दिलाउन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काममा रोकावट र कममात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आर्जित धन तत्काल खर्च हुन सक्छ । आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । साथै, अन्न लाभ पनि हुने छ । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काममा माता पिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाँउबाट धन लाभ हुने देखिन्छ । बाध्यतामा अलमलिनु पर्दा काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । यात्रा पनि होला । आज धन लाभको संभावना छ । साथै, टाढाको यात्राको पनि योग रहेको छ । दिन रमाइलैसँग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । काममा सोचे जस्तै सफलता मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययनमा पछि परिने सम्भावना छ । अरूले बाधा पुर्याए पनि शुभ चिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्य जाग्नेछ ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


