स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपालमा भित्र्याउने भएको छ । यी दुई मोडलमार्फत कम्पनीले नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य राखेको छ ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै यसको विस्तार यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीसाधनबाट भारी सवारीसाधनतर्फ पनि हुन थालेको बताइएको छ । यही क्रममा जगदम्बा मोटर्सले ढुवानी, निर्माण, खानी तथा अन्य भारी सामान ओसारपसार हुने क्षेत्रमा विद्युतीय सवारीसाधनको विकल्प उपलब्ध गराउन लागेको जनाइएको छ ।
कम्पनीका अनुसार,एक्स–५०००ई विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि तयार गर्नुका साथै एक्स–५०००ई विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा हुने कामका लागि डिजाइन गरिएको छ । दुवै सवारीसाधनमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली प्रयोग गरिएको बताइएको छ ।
दुवै मोडलमा छिटो चार्ज गर्न सकिने सुविधा रहेको छ भने यसले व्यावसायिक प्रयोगकर्तालाई सवारीसाधन सञ्चालनको समय व्यवस्थापन गर्न सहज बनाउने अपेक्षा गरिएको जनाइएको छ । साथै, सवारीसाधनमा स्मार्ट नियन्त्रण तथा ब्याट्री व्यवस्थापन प्रणाली रहेको छ, जसले विभिन्न कार्य वातावरणमा प्रभावकारी र भरपर्दो सञ्चालनमा सहयोग गर्ने कम्पनीको दाबी छ ।
यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्स नेपालमा भारी विद्युतीय व्यावसायिक सवारीसाधनको क्षेत्रमा प्रवेश गर्ने भएको बताइएको छ । व्यावसायिक तथा औद्योगिक यातायातका लागि विद्युतीय विकल्पको खोजी भइरहेको अवस्थामा यी सवारीसाधनले नेपाली बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको जनाइएको छ ।
एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक, उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण जगदम्बा मोटर्सले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
