स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपालमा भित्र्याउने भएको छ । यी दुई मोडलमार्फत कम्पनीले नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य राखेको छ ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै यसको विस्तार यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीसाधनबाट भारी सवारीसाधनतर्फ पनि हुन थालेको बताइएको छ । यही क्रममा जगदम्बा मोटर्सले ढुवानी, निर्माण, खानी तथा अन्य भारी सामान ओसारपसार हुने क्षेत्रमा विद्युतीय सवारीसाधनको विकल्प उपलब्ध गराउन लागेको जनाइएको छ ।
कम्पनीका अनुसार,एक्स–५०००ई विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि तयार गर्नुका साथै एक्स–५०००ई विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा हुने कामका लागि डिजाइन गरिएको छ । दुवै सवारीसाधनमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली प्रयोग गरिएको बताइएको छ ।
दुवै मोडलमा छिटो चार्ज गर्न सकिने सुविधा रहेको छ भने यसले व्यावसायिक प्रयोगकर्तालाई सवारीसाधन सञ्चालनको समय व्यवस्थापन गर्न सहज बनाउने अपेक्षा गरिएको जनाइएको छ । साथै, सवारीसाधनमा स्मार्ट नियन्त्रण तथा ब्याट्री व्यवस्थापन प्रणाली रहेको छ, जसले विभिन्न कार्य वातावरणमा प्रभावकारी र भरपर्दो सञ्चालनमा सहयोग गर्ने कम्पनीको दाबी छ ।
यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्स नेपालमा भारी विद्युतीय व्यावसायिक सवारीसाधनको क्षेत्रमा प्रवेश गर्ने भएको बताइएको छ । व्यावसायिक तथा औद्योगिक यातायातका लागि विद्युतीय विकल्पको खोजी भइरहेको अवस्थामा यी सवारीसाधनले नेपाली बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको जनाइएको छ ।
एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक, उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण जगदम्बा मोटर्सले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

