रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई सुरक्षित र उत्साहपूर्ण रूपमा मनाउन ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो बीमा योजना मात्र १० रुपैयाँमा उपलब्ध हुने जनाइएको छ।
इसेवाका अनुसार,असोज ७ गतेदेखि असोज १३ गतेसम्म ७ दिन लागू हुने यस योजनाले जात्रा मनाउने क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग गर्नेछ। बीमा योजनाअन्तर्गत कुल २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा प्रदान गरिनेछ, जसमा दुर्घटना बीमाअन्तर्गत २ लाख २० हजार रुपैयाँ र अस्पताल खर्च सहायताअन्तर्गत १० हजार रुपैयाँको सुविधा उपलब्ध हुने बताइएको छ।
जात्रा पर्व उत्साह, उमंग र सांस्कृतिक परम्परासँग जोडिएको भए पनि भीडभाड तथा आवतजावतका क्रममा विभिन्न आकस्मिक दुर्घटनाको जोखिम रहन सक्ने जनाइएको छ। यस्ता जोखिमबाट हुन सक्ने आर्थिक भारलाई केही हदसम्म कम गर्न ‘जात्रा केयर’ बीमा योजना उपयोगी हुने छ भने यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिने इसेवाले जनाएको छ।
इसेवाले जात्रा पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय रूपमा मनाउन सबैलाई सचेत रहन आग्रह गर्दै ‘जात्रा केयर’ बीमा योजनाको लाभ लिन अनुरोध गरेको छ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
