Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

भारतमा फेरि बढ्यो संक्रमण, मृत्यदर पनि उकालो लाग्यो

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, जेष्ठ, २०
भारतमा फेरि बढ्यो संक्रमण, मृत्यदर पनि उकालो लाग्यो

एजेन्सी । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३३ हजार २२८ जनामा संक्रमण भएको छ । यो संख्या मंगलबारको तुलनामा ७ हजारले बढी हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८३ लाख ६ हजार ८३३ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा यो संख्या ३ हजार आसपासमा झरेको छ । आज भारतमा २८ सय ५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३५ हजार ११४ पुगेको छ ।

Top Changing Nepal

युट्युब सट्स