• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन
  • ८ घण्टा 

वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो
  • ९ घण्टा 

कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट
  • १० घण्टा 

२०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
  • १३ घण्टा 

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • १६ घण्टा 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • १७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १८ घण्टा 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • २. १३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

  • ३. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ५. रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

  • ६. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ९. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • १०. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सभामुखको वकिलले भने – देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश दिनुपर्छ

admin २०७८, असार, २०

काठमाडौँ : प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका निजी कानुन व्यवसायीले बहस गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले दिएको रिटमा सभामुखलाई पनि विपक्षी बनाइएकाले उनको बचाउमा कानून व्यवसायीले बहस गरेका छन् ।

सभामुख सापकोटा पनि प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेकाले उनका कानून व्यवसायीले रिट निवेदनमा माग गरेअनुसार नै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेका छन् । सभामुखको तर्फबाट बहस गर्दै अधिवक्ता मेघराज पोखरेलले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाको दाबी बैधानिक रहेकाले उनलाई प्रधानमन्त्री नियुक्ति गर्ने परमादेश जारी हुनुपर्ने बताए ।

‘१४६ जना अदालतमा उपस्थित भए । (देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने) १४९ मा २र३ जना उताउता भए । तर विश्वासको मत पाउने आधार त पुग्छ नि । अदालतले यसलाई मध्यनजर गर्नुपर्छ’ उनले भने । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रिट दिएको आधारलाई नै प्रमाण मानेर फैसला गर्न मिल्छ भनी प्रश्न उठाए ।

‘यहाँ (१४६) आइसक्यो अदालतले यसैलाई मान्नुपर्छ भन्न खोज्नुभएको हो रु १४६ भए पुगिहाल्यो, अब अदालतले त्यसलाई मान्नु पर्छ, प्रमाणीकरण गर्नुपर्छ भन्ने बहसमा आयो, यो प्राक्टिस गर्दा राम्रो हुन्छ रु ७६(५) को व्याख्या यही हुन्छ ?’ उनले प्रश्न गरे । जवाफमा पोखरेलले धारा ७६ (५) अनुसार विश्वासको मत पाउन १४६ जनाको समर्थन पर्याप्त हुने बताए । ‘(राष्ट्रपतिबाट) दाबी अस्वीकार भएकाले यो प्रश्न अदालतमा आएको हो’ उनले भने ।

प्रधानन्यायाधीश जबराले देउवालाई समर्थन गर्ने नेकपा एमालेको सांसदमाथि नैतिक प्रश्न उठ्छ कि उठ्दैन भनी प्रश्न गरे । ‘अहिले त १४६ भित्र भद्रगोल छ नि त, यो भित्र मोरालिटी लागू हुन्छ कि हुदैन ? उत्तरदायित्व त दुवैतर्फ हुन्छ होला नि’ उनले भने । अधिवक्ता पोखरेलले नैतिकताको प्रश्न त सांसदहरु भन्दा प्रधानमन्त्री र राष्ट्रपतिमाथि उठिरहेको बताए ।

उनले सरकार गठनसम्बन्धी व्यवस्था गर्दा संविधानको धारा ७६ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनको व्यवस्था हुँदाहुँदै धारा ७६ (५) को व्यवस्था किन राखियो भन्ने विषयमा अदालतले राम्रोसँग व्याख्या गर्नुपर्ने बताए । उनले संसद जोगाउन प्रतिनिधि सभाका सदस्यहरुको प्रयासमा सरकार गठनका लागि उक्त धारा राखिएको जिकिर गरे ।

‘२०७२ सालमा संविधान बनाउँदा ७६(५) सुझबुझका साथ राखिएको हो । सविधानमा प्रतिनिधि सभा विघटन गर्ने अधिकार सविधानमा कटौती गरिएको हो । ७६(५) मा ह्वीप लाग्छ भनेर लेखेको छैन । संसदभित्रको प्रक्रियामा मात्र ह्वीप लाग्ने हो’ उनले भने ।

पोखरेलले नेपालको संविधानले प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष कायम गरेको भन्दै बीचमा विघटन हुन नसक्ने जिकिर गरे । ‘संसदको निश्चित अवधि छ त्यही अनुसार पूरा अवधि चलाउनेमा गएका हौं, सविधानले ‘फिक्स टर्म पार्लियामेन्ट’ भनेको छ’ उनले भने । तर प्रधानन्यायाधीश जबराले संविधान अनुसार सरकार बन्न नसकेमा विघटनको व्यवस्था संविधानमै रहेको भन्दै ‘फिक्स ट्रम पार्लियामेन्ट’ रहेको दाबी नगर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन
वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो
कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट

ताजा

कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन

वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो

कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट

२०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.