Jankari Kendra
१२ आश्विन २०८३, सोमबार
Worldlink

देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा अति भारी वर्षाको सम्भावना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २४
देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा अति भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुका कारण मुलुकभर वर्षा भएकाे छ । बिहीबार दिउँसो देशभर बदली रहनेछ । मुलुकका धेरैजसाे स्थानमा वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले आँकलन गरेकाे छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थान धेरै भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाका अनुसार राति पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । ‘लुम्बिनी, सुदूरपश्चिम र बागमतीका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिमका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,’ महाशाखाले भनेकाे छ ।

शुक्रबार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी र सुदूरपश्चिमका एक वा दुई स्थानमा धेरै भारी वर्षाको आँकलन गरिएकाे छ । महाशाखाका अनुसार शनिबार पनि बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थान भारी वर्षाको सम्भावना छ ।

Top Changing Nepal

युट्युब सट्स