डलरको भाउमा आकाशिएर हालसम्म कै उच्च बन्यो, कति छ मूल्य?
डलरको भाउ निरन्तर बढिरहँदा आज बिहिबार भने नयाँ उचाइमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । जुन हालसम्मकै उच्च दर हो । नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ ६५ पैसा तिर्नपर्ने हुन्छ ।
बुधबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा थियो । पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढेसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।
रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो । यसैबीच भारतीय रुपैयाँ पनि कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।
डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई फाइदा रहने देखिन्छ । तर यसले आयात भने महँगो हुने र राज्यको विदेशी ऋणभारमा पनि वृद्धि हुने देखिन्छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


