नक्कली नेपाली नोटसहित सर्लाहीबाट भारतीय नागरिक पक्राउ
जानकारी केन्द्र
२०७९, श्रावण, ८
काठमान्डौं । सर्लाही प्रहरीले नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला सोनबर्षा पर्छुहिया ९ घर भएका ४० वर्षीय लालमोहन पासवान रहेको प्रहरीले जनाएको छ ।
हरिवन नगरपालिका ११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पासवानलाई ५० हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
नक्कली नोट चलनमा ल्याइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको यादवले बताए ।हजारको नक्कली ५० वटा नोटसहित पक्राउ परेका उनिबिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

