Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

एसपीपीबाट बाहिरिने बारे अमेरिकालाई चिठ्ठी पठाउन माधव नेपालको माग

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, ८
एसपीपीबाट बाहिरिने बारे अमेरिकालाई चिठ्ठी पठाउन माधव नेपालको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नजनाउने विषयमा अमेरिकालाई तत्काल चिठ्ठी पठाउन माग गरेका छन् ।

आइतबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले प्रधानमन्त्री देउवालाई तत्कालै पत्र लेख्न माग गरेको जानकारी गराए । उनेले भने, ‘अस्ति प्रचण्डजी र मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई तुरुन्तै चिठ्ठी पठाउन भनेका छौं । त्यसमा ढिलोढाला हुने काम नहोस् भनेका छौं । यो विषयमा जनताहरूबाट पनि आवाज उठ्नु पर्छ ।’

मन्त्रिपरिषद्‍को गत असार ६ गतेको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरे पनि त्यस सम्बन्धी अमेरिकालाई औपचारिक रुपमा जानकारी गराएको छैन । एसपीपीमा नेपालको सहभागीतालाई लिएर संसद्‍ र बाहिर नै व्यापक विरोध भएपछि सरकारले सो निर्णय गरेको थियो ।

 

Top Changing Nepal

युट्युब सट्स