ढलको पानीबाट बियर, उपभोक्त भन्छन्- ‘पिउन कुनै आपत्ति छैन्’
एजेन्सी । न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो ।
सन् २०१८ मा पहिलो पटक पानी सम्मेलनमा सार्वजनिक गरिएको न्यु ब्रिउ अप्रिलमा सुपरमार्केट र ब्रिवरेज आउटलेटहरूमा बिक्रीमा राखिएको थियो । ‘मैले यो शौचालयको पानीबाट बनेको हो भनेर गम्भीरतापूर्वक भन्न सक्दिन’ ५८ वर्षीय चेउ वेई लियानले भने ।
यस बारे सुनेपछि उनले सुपरमार्केटबाट बियर किनेका थिए । ‘यदि यो फ्रिजमा थियो भने मलाई कुनै आपत्ति छैन । मेरो मतलब, यो बियर जस्तै स्वाद छ, र मलाई बियर मन पर्छ ’, उनले अगाडि भने ।न्युब्रिउले सिंगापुरको ब्रान्डको पिउने पानीको ढलबाट रिसाइकल गरिएको एनईवाटरको प्रयोग गर्दछ, जुन पहिलो पटक टापुको पानी सुरक्षा सुधार गर्न सन् २००३ मा प्रशोधन केन्द्रहरूबाट प्रवाहित भएको थियो ।
पीयूबीले यो नयाँ बियर सिंगापुरवासीहरूलाई दिगो पानीको प्रयोग र रिसाइक्लिङको महत्वबारे शिक्षित गर्ने प्रयासको अंश भएको जनाएको छ । पिउने पानीमा ढल प्रशोधन गर्ने अवधारणालाई एक पटक व्यापक विरोध गरिएको थियो ।
तर, विश्वको ताजा पानीको आपूर्ति घटेसँगै पछिल्ला दशकमा यसले समर्थन पाएको छ । विश्व वन्यजन्तु कोषका अनुसार २ दशमलब ७ अर्ब मानिसहरूले वर्षमा कम्तीमा १ महिना पानीको अभाव झेलेका छन् ।
परावैजनी प्रकाशद्वारा ढललाई कीटाणूरहित बनाएर र दूषित कणहरू हटाउन उन्नत झिल्लीमार्फत तरल बनाएर एनइवाटर तयार गरिन्छ । प्रशोधन गरिसकेपछि यो केवल पानी मात्र हुन्छ ।
बियर
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

