Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

निष्पक्ष चुनावको लागि लिङ्देनले गरे चुनावी सरकार गठनको माग

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, १७
निष्पक्ष चुनावको लागि लिङ्देनले गरे चुनावी सरकार गठनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै निष्पक्ष चुनावी सरकार गठनको माग गरेका छन्। लिङ्देनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै निर्वाचनको मिति घोषणापछि पनि संसदलाई निरन्तरता दिने नभई निष्पक्ष निर्वाचनको लागि वर्तमान सरकार विघटन गरेर चुनावी सरकार बनाउन माग गरेका हुन् ।

निर्वाचन आयोगले चुनावको मिति सिफारिस गरेको झण्डै एक महिना पुग्दा समेत सरकारले मिति घोषणा नगरेको सन्दर्भमा लिङदेनको यस्तो माग आएको हो । राप्रपाको साउन ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले चुनावी सरकार गठनको माग गरेको थियो । मंगलबार फेरि पार्टी अध्यक्ष लिङदेनले सोही माग दोहोर्‍याएका छन् ।

सरकारले भने मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि प्रतिनिधिसभालाई निरन्तरता दिनेगरी गृहकार्य थालेको बुझिएको छ । कार्यकाल लम्ब्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श गरिरहेका छन्। कार्यकाल लम्ब्याउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि सकरात्मक देखिएको छ ।

Top Changing Nepal

युट्युब सट्स