Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

आजै चुनावको मिति तोक्ने सरकारको तयारी, गठबन्धनको बैठक पुनः बस्दै

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, १९
आजै चुनावको मिति तोक्ने सरकारको तयारी, गठबन्धनको बैठक पुनः बस्दै

काठमाडौँ । सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ ।

Top Changing Nepal

युट्युब सट्स