Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

प्रचण्डले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठीक हुने, अनि हामीले मान्दा कसरी बेठिक भयोः टोपबहादुर रायमाझी

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, १९
प्रचण्डले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठीक हुने, अनि हामीले मान्दा कसरी बेठिक भयोः टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरुप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समिक्षा हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बौल्दै उनले यस्तो बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठीक हुने र आफूहरुले मान्दा कसरी बेठिक हुने भनेर प्रश्न गरेका छन् । उनले भने,‘प्रचण्डले तीन वर्ष ओलीलाई नेता मान्दा ठिक हुने । अनि हामीले मान्दा बेठिक भयो त रु’ उनले आफूहरुले पदको लागि माओवादी छोडेको भन्ने आरोपमा सत्यता नभएको जिकिर गरे । उनले भने,‘म अहिले सांसद पनि छैन् । मन्त्री पनि छैन् । म त्याग गर्न पनि तयार रहेको मान्छे हुँ ।’

निर्वाचनमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको उनको टिप्पणी थियो । उनले भने,‘राजनीतिक पार्टीप्रति जनतामा वितृष्णा पैदा भैरहेको छ । अहिले कठिन छ । दलहरुसँग जनताको आशा थियो । त्यो पूरा नभएपछि वितृष्णा भएको छ । काठमाडौंको मेयर हुनुभन्दा पहिले बालेन शाहले पनि काठमाडौं उपत्यका सफा गर्छु भन्नुभएको थियो । अहिले फोहोरको थुप्रो देखिएको छ। अहिले बालेनलाई गाहो परिरहेको छ ।’

रायमाझीले विषय उठाउन सजिलो भएपनि त्यसलाई बैठाउन गाह्रो रहेको सुनाए । उनले आफूले भौतिक पूर्वाधारमन्त्री हँुदा काठमाडौं सडक विस्तार गरेको पनि दाबी गरे । यस्तै, स्थानीय विकासमन्त्री हुँदा काठमाडौंको फोहोरको व्यवस्थापन १५ दिनभित्र गरिदिएको उनको दाबी छ । उनले सबै नेतालाई एउटै डालोमा नहाल्नसमेत आग्रह गरेका छन् । उनले अब देश नयाँ कार्यदिशाका साथ अघि बढाउने सुनाए । उनले भने,‘हामी नयाँ कार्यदिशामा छौं । त्यो भनेको समृद्धिको कार्यदिशा हो ।’

Top Changing Nepal

युट्युब सट्स