• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, कार्तिक ०९, २०८२
शनिबार, कार्तिक ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आज भाइटीका : उत्तम साइत ११ बजेर ३९ मिनेटमा , टिका लगाउँदा को-कता फर्किने ?

२०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ४. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ८. आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

  • ९. तिहारमा कस्तो रहला देशभरको मौसम ?

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

गोरखा । चितवनको इच्छाकामना गाउँपालिका चुम खोला र गोरखाको गण्डकी गाउँपालिका बुटार जोड्ने गरी त्रिशूली नदीमाथि पप्पु कन्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको ८ वर्ष बित्यो । २०७१ असार २९ गते १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का विरगञ्ज १० पर्साको पप्पु कन्ट्रक्सनले पार्‍यो। दुवैतर्फ पुलको पिल्लर मात्रै हालेर कन्ट्रक्सनले काम छाडेको छ ।

सम्झौता अनुसार पुल निर्माण २०७४ पुस २९ गते सक्नुपर्थ्यो। निर्माण सुरु भएको आठ वर्ष र सम्पन्न भइसक्नुपर्ने पाँच वर्षसम्म पुलको प्रगति ११ प्रतिशत मात्रै छ । समयमै काम नसक्ने निर्माण व्यावसायीलाई २०७५ असार २७ गते कार्यालयले करिब दुई करोड भुक्तानी दिएको छ । ‘त्यसयता भुक्तानी भएको छैन, भौतिक प्रगति १४ प्रतिशत छ’ एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका इन्जिनियर विष्णु पाण्डेले भने ।

निर्माण कम्पनीले पुलको गोरखातर्फ निर्माण सामग्री लैजाने सडक नभएको भन्दै गरेको दावीका विषयमा कार्यालयसँग विवाद भयो । विवादपछि निर्माण व्यावसायीले सर्वोच्च अदालतमा २०७६ कात्तिकमा मुद्दा दायर गरे । २०७८ मंसिरमा निर्माण कम्पनीले फेरि उच्च अदालतमा मुद्दा दायर गर्‍यो । कार्यालयले प्रत्युत्तर पनि पठाइसकेको एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले बताए ।

मुद्दा फैसला नहुँदा पुल निर्माण थप अन्योल बनेको छ। चार पटक म्याद थप भएको उक्त पुलको अन्तिम म्याद २०७८ चैत ३० गतेसम्म रहेको थियो । भूकम्प, नाकाबन्दी, कोभिड १९, सार्वजनिक खरिद नियमावलीको संशोधन लगायत कारणले म्याद थप हुँदै आएको छ । त्यसयता पाचौं म्याद थप भएको छैन । निर्माण सामग्रीको मूल्य वृद्धि खरिद नियमावलीको बाह्रौं संशोधन देखाउँदै फेरि म्याद थप्ने तयारीमा व्यावसायी छन् ।

कार्यालयले ठेक्का तोड्ने, निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रयास गरेपछि व्यावसायीले मुद्दा दायर गर्ने, माथिल्लो तहबाट दबाब दिने गर्दै आएका छन् । पुलको गोरखातर्फ कच्ची सडक खुलेको छ। निर्माण कम्पनीले उक्त सडक भएर मेसिन लैजान नसक्ने भएकाले बेलिब्रज बनाइदिन माग गरेको हो । कार्यालयले भने बाटो खुलेकाले लैजान सकिने बताउँदै आएको छ ।

‘अदालतमा मुद्धा दायर भएको रहेछ । हामीले प्रत्युत्तर पनि पठाइसक्यौं’ आयोजना कार्यालयका प्रमुख ज्ञवालीले भने । पक्की पुल नजिकै एक सय मेघावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माण हुँदैछ । पप्पुले पुल नबनाउँदा उक्त आयोजना पनि अन्योलमा छ ।

अन्ततः जलविद्युत आयोजना निर्माण गर्न लागेको ब्लु इनर्जी कम्पनीले सडक विभागको समन्वयमा बेलिब्रिज बनाउनेबारे एक वर्षअघि सहमत भएको थियो तर बेलिब्रिज पनि बनेको छैन। नागरिक दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति
    काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    लोकप्रिय

    २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

    काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

    मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति
    • काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु
    • मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.