Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनप्रति दु:ख व्यक्त

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, भाद्र, २४
प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुस्ख व्यक्त गरेका छन् । ९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो।प्रधानमन्त्री देउवाले रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले बेलायती महारानी सन् १९६१ र सन् १९८६ मा नेपालको राजकीय भ्रमणलाई चर्चा गर्दै श्रद्धाञ्जली दिएका छन् । एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन् १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन् ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ – ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्।

Top Changing Nepal

युट्युब सट्स