• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • १०. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेकपा समाजवादीका अध्यक्ष बस्नेतको घरमा तोडफोड

काठमाडौं । नेकपा एकीकृत समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् ।

आज बिहान करिब ३ बजे हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा चाररपाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घटना फरक प्रकृतिको रहेकाले छ, यसलाई हामीले गम्भीर रुपमा अनुसन्धान अगाडि बढाइएको छ । घटना बारे परिसरका प्रहरी उपरीक्षकसहित अनुसन्धान टोलीले निरीक्षण गरेको छ ।”

उहाँले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसहितको टोली दिनभर घटनास्थलमा रहेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको बताउनुभयो । हतियारधारी समूह समाजवादीका अध्यक्ष बस्नेतलाई अपहरण गर्ने प्रयास स्वरुप आएको तर उहाँलाई नभेटेपछि तोडफोड गरेर फर्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सो घटना बारे जानकारी दिँदै अध्यक्ष बस्नेतले भन्नुभयो, “म हिजै मात्र पोखरा गएको थिए, राति पेस्तोलसहित आएको टोलीले मेरो घरको ढोका तोडफोड गरी म सुत्ने कोठामा प्रवेश गरेर मेरो श्रीमतीको कन्चटमा पेस्तोल राखेर दुई झापड हानेर मेरो खोजी गरेका छन् । मेरो जेठो छोरा आएपछि उसलाई समाउन खोज्दा आएका मध्येबाट एक जनाले त्यो होइन छाडिदे भने पछि छोरालाई पनि दुई झापड हानेर गएको र मेरो अपहरण गर्ने उद्देश्यले आएको आशंका मैले गरेको छु ।”

अपराधी समूहले घर कम्पाउण्डको गेट फुटाएरभित्र पसेको, त्यसपछि घरको मुख्य ढोका फुटाएर चेन गेटसमेत फुटाएर कोठामा छिरेको पाइएको उहाँले बताउनुभयो । घटना बारे जानकारी दिँदै अध्यक्ष बस्नेतकी श्रीमति उषा कार्कीले अपराधी समूह घरमा प्रवेश गरेपछि तेस्रो तलाको बस्नेत सुत्ने कोठामा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब आठ जनाको समूह आएका थिए तर घरभित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधैँ हामी सुत्ने कोठामा आएर मेरो पेस्तोल कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा खोजी गरे । तर उहाँलाई देखेनन्, मेरो जेठो छोरा आदेशसँगैको कोठामा सुतेको थियो, ऊ उठेर आएपछि एक जनाले उसलाई समाउन खोज्यो, अर्कोले त्यो होइन छाडिदे भने पछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए ।”

मुखमा नकाबसमेत नलगाएका र कालो लुगा लगाएका मोटा तीन जना कोठामा प्रवेश गर्दै अध्यक्ष बस्नेतको अपहरण गर्ने उदेश्यले आएको र नदेखेपछि फर्किएको हुन सक्ने आशंका उहाँले व्यक्त गर्नुभयो । उनीहरूले बस्नेतको घरबाट छोराले गेम खेल्ने एक थान सानो मोवाइल, एक जोर जुत्ता र किचेनबाट दुईवटा थाल मात्रै लगेको जानकारी दिँदै कार्कीले चोरी गर्ने उद्देश्यले नआएको तर ध्यान अन्यत्र मोड्न चोरेको जस्तो पनि गरेको हुन सक्ने बताउनुभयो ।

घटनास्थलमा रहनुभएका प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक चौधरीले घटना अपराधिक मानसिकताबाट भएको हो कि वा राजनीतिक के हो भन्ने अनुसन्धान भइरहेको बताउँदै बस्नेत परिवारले दिएको बयानका आधारमा अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।

घटनास्थलमा अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसमेत आएर अनुसन्धान अगाडि बढाएको चौधरीले बताउनुभयो । अध्यक्ष बस्नेतले आफू र आफ्नो घर तथा टोलको कडा सुरक्षाको व्यवस्था गर्न माग गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू
    सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

    २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू
    • सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
    • २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
    • नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.