संविधान दिवसलाई जनताको दिवसका रुपमा अगाडि बढाउनुपर्छ : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताए ।
संघर्ष र बलिदानीबाट निर्माण भएको संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएकोमा ओलीले खुसी व्यक्त गरे । त्यस अवसरमा उनले भ्रष्टाचारको विरुद्धमा र राष्ट्रियताको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । संविधानको रक्षा गर्दै नेपालीलाई नै साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा ओलीले जोड दिए । निर्वाचनमा लोकतन्त्र, राष्ट्रियता र संविधानले हार्न नहुने विषयमा सतर्क रहन ओलीले नेता कार्यकर्तालाई सचेत गराए ।
ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो । संसद् विघटन गरेर एमालेमाथि संविधानलाई कमजोर बनाएको आरोप लागिरहेका बेला पार्टीले संविधान निर्माणमा पार्टीले गरेको अगुवाइको सन्देश दिन आजको पदयात्रा आयोजना गरेको हो ।
सम्बन्धित समाचार
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


