मेयर बालेन फसे कि फसाइयो ?
बालेन काठमाडौंका मेयर मात्र होइन एक इन्जीनियर पनि हुन् तर उनी टुकुचा अर्थात इच्छुमती खोलाका विषयमा फसेका हुन् या फसाइए भन्ने डर चाहि मलाई लाग्यो । विज्ञका अनुसार खोलालाई पहिलेकै अवस्थामा फर्काउन ६ अर्व लाग्ने सुने तर मलाई चाहि त्यतिमा पनि सम्भव हुन्छ जस्तो लागेन । महानगरले पनि यति धेरै बजेत हाल्न सक्छ जस्तो पनि लाग्दैन ।
मेरो अनुभव
पहिलो पटक लाजिम्पाट हुँदै बग्ने खोला देख्दा मैले चाहि खोला हो भनेर छुट्याउन सकिन । देख्दा मलाई लागेका थियो सरकारले ढल किन खुल्ला राखेको होला रु हेर्दा कतै छोपिएको खण्ड छ त कतै खोलाको गहिराई पनि देख्न सकिन्छ । हामीले घर घरबाट उत्पन्न हुने फोहोर जति सबै खोलामै फालिएको देख्न सक्छौं । त्यो मात्र कहाँ हो र रु चर्पीको पाइप समेत खोलामै लगेर हालिएको छ ।
यसै विषयमा त्यहाँको स्थानियसँग सोध्दा एक आमाले भन्नुभयो, “हामीले वर्षौदेखि यहि खोलामा ढल मिसाइरहेका छौं, हामीले मात्र होइन् सबै जनाले खोलामै फोहोर हाल्ने हो, समयमा महानगरले पनि फोहोर उठाउँदै, त्यसैले अहिले त हामीले यसलाई खोला होइन ढल नै भन्छौं ।”
यसै विषयमा भाडामा बस्ने एक युवासँग गफ गर्दा उनले भने, “मलाई सुरु सुरुमा बस्दा खोलामा फोहोर फाल्न निकै अपथ्यारो महसुस हुन्थ्यो तर चर्पी समेत खोलामा मिसाएको देखेपछि फोहोर फाल्नु गल्ती होइन जस्तो लाग्यो ।”
मेरो सुझाव
खोला हामी सबैको सम्पती हो, जोगाउनु अति आवश्यक छ तर त्यसले वातावरणलाई असर गर्नु हुँदैन जस्तो मलाई लाग्छ । सवप्रथम खोलामा ढल मिसाउन निषेध गरि विस्तारै खोला खोज्दै जाँदा राम्रो हुन्छ कि जस्तो लाग्छ । खोला खोज्दै जाँदा घरहरु त भत्कीन्छन् तर खोलाको नाममा खनिएको खोल्डोबाट आउने दुगन्धले झन् ठूलो प्रभाव पार्छ जस्तो लाग्छ ।
दुषित खोलाको प्रभावले अहिले फैलिएको डेंगु भन्दा पनि खतरनाक स्थीति नआउला भन्न सकिन्न । हामीले बागमती, विष्णुमती फोहोर छ भनेर भन्छौं नि तर त्यो भन्दा १० गुणा बढी फोहोर हामीले इच्छुमतीमा देख्न सक्छौं ।
बालेन जि विकास गर्ने भनेर हतारमा निर्णय गर्नुभन्दा दिर्घकालीन योजना बनाएर खोला खोज्दै जानु उपयुक्त हुन्छ कि १ अहिले नदी क्षेत्रलाई खुल्ला त गरौं तर जमीन मुनी बगेको खोलालाई खुल्ला गर्नु हाम्रा निम्ती घातक हुन्छ ।
म कुनै इन्जीनियर या विज्ञ त होइन तर देखिने दुश्यहरुले सबैकुरा बोल्छ । हेर्नु भएको छैन भने एक पटक अवलोकन गर्नुस् ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

