काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा प्रवेश गरेका छन्। सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाएका उनी आज राप्रपामा प्रवेश गरेका हुन्। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एकता घोषणापत्रमा हस्ताक्षर गरे। यससँगै मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर र राप्रपाबीच औपचारिक एकता भएको छ।
घोषणापत्रमा ४ बुँदा उल्लेख गरिएको छ। स्रोतका अनुसार मिश्र काठमाडौँ( १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताइएको छ।