• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, साउन ३१, २०८२
शुक्रबार, साउन ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एन्फा महिला लिग छनौट आज २ खेल हुदैँ

आजको मौसमः पाँच प्रदेशकाे पहाडी भु-भागमा भारी बर्षा हुने

२०८२ साउन ३० गते शुक्रबार यस्तो रहेको छ तपाईंको आजको राशिफल

मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी

रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु

समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

२०८२ साउन २९ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

लोकप्रिय समाचार

  • १. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ६. साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

  • ७. रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड

  • ८. आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ वर्षा ?

  • ९. २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

‘विकासको जिम्मा म लिन्छु’

केपी शर्मा ओली । आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज हामी एउटा उत्सव पनि मनाइरहेका छौं । आज एउटा उत्सवको दिन हो । अंग्रेजीमा भन्दा पार्टी क्रस हण्डेड थाउजेन्ट प्लस । यसको अर्थ अरु पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्नेहरूको सङ्ख्या एक लाख नाघेको छ । अरु पार्टीहरू छोडेर एक लाखभन्दा बढी नेताकार्यकर्ताहरू एमाले प्रवेश गर्नुभएको छ । यो आँकडा गएको स्थानीय तहको निर्वाचनभन्दा पछाडिको हो । प्रवेशका सन्दर्भमा केही समयको आँकडा मात्रै हो ।

आज यहाँ चार हजारभन्दा बढी साथीहरू प्रवेश गर्नुभएको छ । केही दिन अगाडि मात्रै म सिरहा गएको थिएँ । साढे सात हजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएको थियो । त्यसको केही दिन अगाडि मात्रै म यसै धनुुषा जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पार्टी प्रवेश कार्यक्रममा आएको थिएँ । त्यहाँ लगभग १० हजार जना विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएको थियो । यो क्रम जारी छ । पार्टी प्रवेशका लागि म भोलि झापा जाँदैछु । हामीले एकातिर समानुुपातिक उमेदवारको टुङ्गो लगाउनुपर्ने छ । त्यसै गरेर केही दिनभित्रै हामीले देशभरि लड्ने प्रत्यक्षतर्फका सूूर्यध्वजावाहक उमेदवार तय गर्नुपर्ने छ ।

हामीले देशको विकास कसरी गर्ने रु जनताका समस्या कसरी सम्बोधन गर्ने रु राष्ट्रियतालाई कसरी रक्षा र सम्वद्र्धन गर्ने रु राष्ट्रिय हितहरूको रक्षा कसरी गर्ने रु विकासको अभियानलाई कसरी अगाडि बढाउने रु लोकतन्त्रलाई कसरी सुुदृढ गर्ने ? देशमा शान्ति सुव्यवस्था अमनचयन कसरी कायम गर्ने ? समाजमा रहेका असमानता र विभेद हटाएर सामाजिक न्याय र समानतासहितको समाज कसरी बनाउने, यस कुराका लागि घोषणा पत्र जारी गर्नुपर्ने छ । त्यस कामका लागि लागेका छौं । नेकपा एमाले हाम्रो पार्टी रहेछ भनेर चिनेर अहिले सबैभन्दा प्रवेशको लहर तराईमा आएको छ । योभन्दा अघिल्लो निर्वाचनमा नेकपा एमालेलाई तराईमा प्रवेश गर्न नदिने, प्रवेश गर्यो भने अनेक प्रकारका हिंसा हत्याका काण्ड मच्चाउन खोज्ने, उद्दण्डता मच्याउन खोज्ने काम गरे । म सप्तरीमा आउँदा कार्यक्रम सकेर हिँडेको ४५ मिनेटपछि गोलीकाण्ड भयो । राज्यले त्यो गोलीकाण्ड मच्चायो । दुईजना मानिसको हत्या भयो, सातजना घाइते भए । राज्यको त्यो कालो कर्तुत, त्यो षडयन्त्र नेपाली जनताको रगतमा गैरजिम्मेवार ढङ्गले होली खेल्ने तरिकाले गरेपछि मैले तराई प्रवेशको कार्यक्रमलाई स्थगित गरेँ । मलाई नेपाली जनताको माया लाग्यो । भोट पाएर बहुमत आउला नआउला, जेसुकै होस् । नआए पनि नेपाली जनताको जीवनको रक्षा मैले गर्नुपर्छ भन्ने ठानेँ ।

हामीले रेलवे बनायौं, रेल किन्यौं, आज रेलयात्रा गर्यौं

मैले तराईका लागि काम गरिराखेँ । आज तराईका जनताले आफैँले देख्नुभएको छ, म यस कार्यक्रममा आउँदा आधा बाटोसम्म वा यहाँ नजिकैसम्म रेल चढेर आएँ । रेलको लिक हामीले बनायौं, रेलवे हामीले बनायौं । रेल हामीले किनेर ल्यायौं । रेल हामीले चलायौं र आज आफैँ रेल चढेर आयौं । अंग्रेजका पालाको रेलको कुरा हामीले सुनेका थियौं । तर अहिले आधुनिक रेल म आफैँ चढेर आएँ । वातावरण अनुकूल, ध्वनीअनुुकूल आधुनिक रेल । डिजेलले स्टार्ट गर्छ र ब्याट्री चार्ज भएर विद्युतीय रेलमा परिणत भएको छ । हामी काम मात्रै गर्दै गयौँ । हामीले काम गर्यौं । जनताले काम देखे । त्यसकारण आज मेचीदेखि महाकालीसम्म सबैभन्दा बढी हजारौं होइन, दशौं हजारको सङ्ख्यामा एउटा कार्यक्रममा साथीहरू प्रवेश गरिरहनुभएको छ । यो कुनै ख्याल ठ्टटा होइन । हाम्रो पार्टीमा एउटा निर्वाचन क्षेत्रमा आज चारहजारभन्दा बढी साथीहरू नाम लेखेर एमालेमा प्रवेश गर्नुभएको छ ।

रेल चढेर म आएँ । हुुलाकी राजमार्गबाट हाम्रो गाडी रेल सँगसँगै आइराखेको थियो । अर्थात् हुलाकी राजमार्ग पनि बनेको छ । रेल पनि बनेको छ । यो एमालेले बनायो । यो रेलको निर्माण कार्य, रेल खरीद र सञ्चालन गर्ने कार्यमा योगदान गरेकोमा म रघुवीर महासेठजीलाई धन्यवाद भन्न चाहन्छु । उहाँले म प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा यी कामहरूमा तदारुकता देखाउनुभएको थियो र यी कामहरू गर्नुभएको थियो । म धन्यवाद भन्न चाहन्छु ।

सुकुम्वासी समस्याको समाधान हामीले गर्ने छौं

हामीसँग एकसेएक विकासप्रेमी नेताहरू हुनुहुन्छ । यी नेताहरूको नेतृत्वमा तराई अगाडि बढ्ने छ । म तपाईहरूलाई भन्न चाहन्छु–तराईको विकास अरुले गर्दैनन्, नेकपा (एमाले) ले गर्छ । तराईको विकासको जिम्मा म लिन्छु । यहाँका सुकुम्वासी समस्याको समाधान हामी ग्यारेन्टीका साथ गर्छौं । हामीले यसपल्ट सरकार छोडिहाल्न पर्यो । हामीलाई अनेक प्रकारका गठबन्धन बनाएर परमादेशबाट सरकारबाट हटाइयो । हामीले ११ लाख कृषिमा आधारित, भूूमिमा आधारित पीडितहरू पहिचान गरेर उहाँहरूका समस्या समाधान गर्ने तयारी गरिसकेपछि हामी सरकारबाट हट्नु पर्यो । हामीले ती समस्याहरूको समाधान गर्न पाएनौं । म तपाईंहरूलाई भन्न चाहन्छु, सरकार बनेपछि आउँदो पाँच वर्षभित्रमा नेपालबाट सुकुम्वासी समस्याको समाधान हामी गर्नेछौं । नेपालबाट सुकुम्वासी समस्या सधैका लागि विदा हुनेछ । हामीले घरविहीनहरूलाई घर निर्माण गरेर वितरण गर्ने अभियान अगाडि बढाएका छौं । रकमको खाँचो हुने छैन । हामीले गरिबहरूका लागि एकीकृत वस्ती, आधुनिक किचन बाथरुमसहितका सुविधासम्पन्न आधुनिक पक्की घर बनाएर बुुझाउने नीति लिएका छौं । पीडित र पिछडिएका जनतालाई त्यो नीति लिएका छौं र त्यस अनुसार हामी त्यस काममा अगाडि बढिरहेका छौं । दुुर्भाग्यको कुरा के छ भने हामीले कतिपय ठाउँमा स्थानीय पालिकाहरू जित्न सकेनौं । स्थानीय पालिकामार्फत हामीले ती काम गराउनुपर्छ । स्थानीय पालिकामा हाम्रो विचार अनुसारका जनप्रतिनिधिहरू नहुनाले हामीलाई कतिपय अप्ठ्यारो परेको छ । तर म यस पालिकाका भाग्यमानी दाजुुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छुु– यस पालिकामा हाम्रा मेयर उपमेयर र बहुसङ्ख्यकले जित्नुभएको छ । यहाँ काम गर्न सजिलो छ र यहाँको विकासलाई हामी तिव्रताका साथ अगाडि बढाउँछौं । हामीले नजितेका ठाउँमा काम हुँदैन भन्ने होइन । हामी काम गराएरै छोड्ने छौं जुनसुकै पार्टीका प्रतिनिधि भए पनि । हामी स्थानीय तहमा काम गराउने छौ । तीमार्फत आवासका काम, बसोवासका काम, जनताका खानेपानीका समस्या, रोजगारीका समस्या, कृषिको आधुनिकीकरणको समस्या हामी समाधान गर्नेछौं ।

अघि उमाशंकर अरगरियाजीले पनि राखिसक्नुभएको छ । एउटा ठूलो भ्रमको स्थिति, ठूलो भ्रमको प्रचार तराईमा देखिएको छ । म अस्ति धनुषा क्षेत्र नं ३ मा आएँ । २्४ जना केटाकेटीलाई केहीले उचालेका रहेछन् विरोध गर्न भनेर । अब उनीहरूको हालत २्४ जनाले लुकेर विरोध गर्नुपर्ने स्थितिमा पुुगेको छ । हिजो बेलुका केहीले यसो पुल्ठो बालेर केहीले जुलुुस निकाले केही ठाउँमा । यो् दरिद्रता हो । हामी कसैको कार्यक्रममा कुनै विरोध गर्दैनौं । कसैको कार्यक्रममा कुनै बाधा दिँदैनौं । हामी लोकतान्त्रिक पद्धतिमा विश्वास गर्छौ, प्रक्रियामा विश्वास गर्छौ । जसले जहाँ पनि कार्यक्रम गरुन्, आफ्ना विचारहरू राखुुन् । देशको पक्षमा, जनताको पक्षमा विचारहरू राखुुन् । आफ्ना नीतिहरू छन् भने राखुुन् । कार्यक्रम छ भने राखुन् । हाम्रो तर्फबाट कुनै विरोध हुँदैन, असहयोग हुँदैन तर कमजोर तत्वहरू डराउँछन्, त्रसित हुन्छन् र जनतामा भ्रम छर्न खोज्छन् ।

गठबन्धन विदेशीलाई नागरिकता दिन चाहन्छ

नागरिकता समस्या समाधान गर्नका लागि म प्रधानमन्त्री हुने बित्तिकै ऐन प्रस्तुत गरेको हुँ । संसदीय समितिमा अर्को पार्टीको सभापति थियो । त्यो सभापतिले रोकेर ऐन अगाडि बढ्नै दिएन । समितिबाट ऐन अगाडि बढेन । अनेक पटक मैले वार्ता गर्न कोसिस गरेँ तर अगाडि बढेन । पछि संसद नभएका बेला अध्यादेश ल्याएर कानून बनाएर जन्मसिद्ध नागरिकका छोराछोरीहरू नागरिकता प्रदान गर्न थालियो । जन्मसिद्ध नागरिकका पाँच÷छ हजार सन्तानले नागरिकता पाए । त्यसपछि यही गठबन्धनका नेताहरूले मुद्दा हालेर सर्वोच्च अदालतबाट त्यो ऐन रोकाए र नागरिकताको प्रमाण पत्र दिने काम रोकियो । तराईमा पाँच ÷ छ लाखको सङ्ख्यामा अहिले नागरिकता पाउनुपर्ने अवस्था छ । उनीहरूले नागरिकता पाइराखेका छैनन् । उनीहरूले नागरिकता पाउनुपर्छ ।

म तपाईंहरूलाई सम्झाउन चाहन्छु, तपाईंहरूले पनि सुन्नुभएको थियो होला । नागरिकताको प्रमाण पत्र वितरण गर्नका लागि अध्यादेश आएको थियो, कानूून ल्याएएको थियो र नागरिकताको प्रमाण पत्र वितरण सुरु गरिएको थियो । तर यिनै नेताहरूले मुुद्दा हाले । सम्मानित सर्वोच्च अदालतले संसद छलेको भन्ने कुरा गर्यो । संसद छलेको भन्ने नचाहिने कुरा गर्यो । संसद नभएका बेला ल्याउँदा कसरी छलिन्छ रु तर हाम्रो पार्टी फुटाउनका लागि अध्यादेश राती १२ बजेसम्म संसद चलेर १२ बजे रोकेर बिहान हाम्रो पार्टी फुटाउने अध्यादेश ल्याउँदा छलेको भएन । हाम्रो पार्टी फुुटाउदा नियम कानून चाहिएन । हामीलाई सरकारबाट हटाउँदा संविधानको धारा चाहिएन । गठबन्धनको सरकार बनाउँदा, परमादेश जारी गर्दा कुनै संविधानको धारा चाहिएन । तर नेपाली जनताका, नागरिकका छोराछोरीलाई नागरिकता दिन्छु भन्दा संविधानका धारामा भएको कुरा पनि हुन नदिएर रोके । म दुुःख व्यक्त गर्न चाहन्छु ।

म तपाईंहरूलाई भन्न चाहन्छु, हामीले भन्यौं अहिले अनावश्यक कुराहरू नल्याउ । नागरिकता नयाँ ऐन चाहिएको छैन । संशोधन गरौं, नागरिकताको प्रमाणपत्र दिउँ । अथवा हामीले हिजो ल्याएको त्यही ऐन अहिले ल्याउँं र नागरिकताको प्रमाण पत्र जनतालाई दिउँं, जन्मसिद्धका छोराछोरीलाई दिउँं भन्यौं । तर, यस विषयमा उनीहरू संवाद गर्न तयार नहुने, छलफल गर्न तयार नहुने, राष्ट्रपतिसमक्ष संविधानको धारा ८१ अनुसार कुनै विधेयक ल्याउनु अगाडि राष्ट्रपतिलाई बताउनुपर्छ । त्यो कुरा अस्वीकार गरेर, बलजफ्ती गरेर, यिनीहरूले नचाहिने कुराहरू समावेश गरेर विधेयक ल्याए । त्यो भएपछि सम्माननीय राष्ट्रपतिज्यूले १५ वटा बुँदा लेखेर सरकारलाई सुुझाव दिनुु भयो, फेरि एकपटक विचार गर भनेर । सरकारले अहङ्कार देखायो । राष्ट्रपतिको अपमान गर्यो । तथानाम बोल्यो । राष्ट्रपतिले भनेको सुन्दैनौं भन्यो । संसदभित्र छलफलमा आउन नदिएर, संसदभित्र छलफल नगरेर बाहिरतिरै अनेक प्रकारका धम्कीका भाषाहरू बोल्यो र केही पनि सच्याउनपर्ने भएन, राष्ट्रपतिको आग्रहलाई सुन्न तयार भएन र अहङ्कार मात्रै देखायो । मैले अस्ति जनकपुरमा पनि भनेँ, यहीँ ३ नं क्षेत्रमा पनि भनेँ, संसद थियो । त्यतिबेला पनि मैले भनेँ–अझै समय छ, जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नेछ भन्ने यत्ति लेखेर ल्याउनुस् । यत्ति लेखेर ल्याए पुुग्छ, हामी उसै दिन तत्काल पारित गर्छौं त्यो ऐन । नागरिकता दिउँ भन्यौं । तर यो सरकार, यो गठबन्धन, यसका नेताहरू सुन्न तयार भएनन् । एमालेका विरुद्ध भ्रम फैलाउने मौका यही हो, यही मौकामा तराईका जनता भडकाउनुपर्छ भनेर उनीहरू कानून बनाउने होइन, भ्रम फिजाउने खेतीतिर कुँदे । म तपाईंहरूलाई भन्न चाहन्छु, मैले अस्ति पनि भनेको छुु– मंसीर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्नेछ, सरकार बनेको एक महिनाभित्र नागरिकताको समस्या बाँकी कहिल्यै पनि नउठ्ने गरी समाधान गरिनेछ । तुरुन्ता तुुरुन्तै हामी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता उपलब्ध गराउँछौं ।

नेकपा (एमाले) नेपाली जनतालाई नागरिकता दिनुपर्छ भन्छ । गठबन्धन गैर नेपालीलाई नागरिकता तत्कालका तत्काल दिनुपर्छ भन्छ । मतभेद यहाँनिर हो । गैर नेपालीलाई नागरिकता दिनुुभन्दा अगाडि हेर्नुपर्छ उ साँच्चै नागरिकता लिन योग्य छ कि छैन, नागरिकता दिन मिल्छ कि मिल्दैन त्यो भनेर त्यो कुरा हेर्नु पर्छ । तर नागरिक भइसकेका व्यक्तिका सन्तानले नागरिकता पाउनैपर्छ । त्यसको व्यवस्था एमालेले गर्छ ।

नेकपा (एमाले) ले हुलाकी राजमार्ग होस् कि रेल होस् कि जनकपुरमा चक्रपथ होस् कि ढलको काम होस् कि ढल्केवरबाट जनकपुर चल्न बाटो होस् कि अथवा तराईको एक लाख ८५ हजार विघामा सिंचाइ गर्नका लागि सुनकोशी मरिन डाइभर्सन होस् कि हुलाकी राजमार्गको आसपास गरेर १३ वटा स्मार्ट सिटी, नयाँ शहर बनाउने कुरा होस् कि आधुनिकीकरण गर्ने कुरा होस्, सघन शहरी विकास कार्यक्रम होस् यस्ता कार्यक्रममार्फत शहरलाई कसरी आधुनिक बनाउने, कसरी विकास गर्ने यी कुराहरूको सन्दर्भमा, कृषिको आधुनिकीकरणको सन्दर्भमा सुपर जोन, अनेक योजनाहरू मार्फत, यस्ता कामहरू मार्फत कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण यी चिजहरूमा हामीले अभियान अगाडि बढाएका छौं ।

जनताको सुविधाका लागि अनेक योजना

जनतालाई सुविधा दिनका लागि अनेक प्रकारका योजनाहरू अगाडि बढाएका छौं । हामीले बालबालिकालाई पाठ्यापुस्तक निःशुल्क उपलब्ध गराउने कुरा गरेका हौं । ती सुविधा शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा बढाउने छौं । शिक्षा समाज विकास निर्माण गर्ने पूर्वाधार हो । त्यसकारण यी चिजहरूलाई अगाडि बढाउनका लागि नेकपा (एमाले) प्रतिबद्ध छ । तपाईंहरूले मैले बोलेका कुराहरू, हाम्रो पार्टीका नीति, हाम्रो पार्टीका विभिन्न नेताहरूले विभिन्न ठाउँमा बोलेका कुराहरू तपाईंहरूले आजकाल सञ्चार माध्यमबाट सुन्नुभएको छ । त्यसकारण तपाईंहरूमा कुनै अलमल छ भन्ने मलाई लाग्दैन । हामी तराईको मात्रै होइन, सिंगै देशको विकास गर्ने छौं । मेचीदेखि महाकालीसम्म, मधेसदेखि हिमालसम्मका सबै ठाउँका जनता नेपाली जनता हुन् । हाम्रो बीचमा विविधता छ । भौगोलिक, जैविक, वनस्पतीय, सामाजिक, धार्मिक, साँस्कृतिक, अनेक प्रकारका भेषभुषा लगायतका विविधता छन् । तर ती विविधता हाम्रा समृद्धि हुन्, सम्पन्नता हुन्, वैभव हो, हाम्रो साँस्कृतिक श्रेष्ठता हो । हाम्रो साँस्कृतिक सम्पन्नता हो । त्यसलाई कतिपय स्वार्थी तत्वहरूले क्षेत्रीयतावादको नारा दिएर, जातीयतावादको नारा दिएर, धर्मका नारा दिएर, भाषाका नारा दिएर हामीलाई फुटाउने र नेपाललाई बर्बाद पार्ने षडयन्त्र गरे । जुन षडयन्त्रबाट तपाईंहरू मुक्त भएर त्यस्ता तत्वहरूलाई पराजित गरेर राष्ट्रिय एकताका साथ सामाजिक न्याय र सद्भावमा आधारित विकासमुखी, विकासको एकताको राष्ट्रिय आकांक्षा कायम गरेर अगाडि बढ्नु भएको छ । त्यसका लागि म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु । नेपाली जनताको सचेतनतालाई सलाम भन्न चाहन्छु ।

युवाहरूको मतदानबाट देशले जित्नुपर्छ

हाम्रा युवालाई भड्काउन खोजिएको छ । विभिन्न प्रकारका भावानात्मक कुराहरू गरेर अल्मल्याउन खोजिएको छ । तर म हाम्रा युवालाई धन्यवाद भन्न चाहन्छु । त्यस्ता कुनै पनि कुराहरूमा नअल्झिएर सही बाटोमा, देशभक्तिको बाटोमा, राष्ट्रिय एकताको बाटोमा, शान्तिको बाटोमा, लोकतन्त्रको बाटोमा, विकासको बाटोमा अगाडि बढ्नुभएको छ, त्यस पक्षमा युवाहरू अगाडि बढ्नु भएको छ । म युवालाई धन्यवाद भन्न चाहन्छु । यसपल्ट पहिलो चोटी मतदान गर्न लागेका युवाहरूलाई म भन्न चाहन्छु, तपाईंहरूको मतदान गलत ठाउँमा हुनुहुँदैन । देशको पक्षमा हुनुपर्दछ, जनताको पक्षमा हुनुपर्दछ, लोकतन्त्रको पक्षमा हुनुपर्दछ । तपाईंहरूको मतदान गलत ठाउँमा हुनुहुँदैन । तपाईंहरूको मतदानले राष्ट्रिय हित हार्नु हुँदैन, देश हार्नु हुँदैन, लोकतन्त्र हार्नु हुँदैन, जनता हार्नु हुँदैन । तपाईंहरूको मतले देशले जित्नु पर्दछ, जनताले जित्नु पर्दछ, लोकतन्त्रले जित्नु पर्दछ । त्यसकारण सचेत रहन म आग्रह गर्न चाहन्छु ।

हाम्रा दिदीबहिनीहरूलाई म धन्यवाद भन्न चाहन्छु । आज एमाले जुन ठाउँमा छ, सम्पूर्ण नेपाली दिदीबहिनीहरू अत्यन्तै उत्साहका साथ एमालेलाई यस ठाउँमा ल्याइपुर्याउन लाग्नुभएको छ । यस ठाउँमा ३०÷३२ वर्षसम्म सद्भावनादेखि जसपासम्म काम गरेकी नेतृ अमृता अग्रहरी आज उहाँले हाम्रै अगाडि आफ्नो मन्तव्य दिनुभएको छ । लामो समयदेखि अरु पार्टीहरूमा रहेर काम गरेका अग्रहरी, उमाशंकर अरगरिया यस क्षेत्रका जनताको अत्यन्तै लोकप्रिय नेता हुनुहुन्छ, प्रतिनिधि हुनुहुन्छ तपाईंहरूको अगाडि बोल्नुभएको छ । उहाँहरू सबैलाई म स्वागत भन्न चाहन्छु । उहाँहरूले ठीक बुझ्नु भएको छ । नेपाली जनताको यो चेतनालाई म सलाम भन्न चाहन्छु । यस अभियानलाई हामीले विजयको अभियान र यो उत्सवमय, उल्लासमय अभियानलाई अगाडि बढाएर मंसीर ४ गते देशलाई सूर्यमय, शान्तिमय, विकासमय बनाउनुपर्छ । मंसीर ४ लाई हामीले एउटा अवसरको रुपमा प्रयोग गर्नुपर्छ । यो राष्ट्र निर्माणको अवसर हो । देशको अधोगति रोक्ने अवसर हो । देशलाई अगाडि बढाउने अवसर हो । देशका विरुद्ध षडयन्त्र गर्नेलाई पराजित गर्ने अवसर हो । षडयन्त्र विरुद्धको हाम्रो यात्रालाई र अभियानलाई सफल पार्ने अवसर हो । यसलाई त्यस अवसरको रुपमा लिनु पर्छ । त्यो अवसर प्राप्त गर्ने दिनसम्म हामी उत्सवको रुपमा लिनेछौं, उत्सवको रुपमा एमाले अगाडि बढ्ने छ । यो सम्पूर्ण नेपाली जनताको हितका लागि सेना होस्, प्रहरी होस्, कर्मचारी होस्, बुद्धिजीवी, व्यापारी समूह होस् अथवा अरु व्यवसायमा लागेका किसान, मजदुर होउन् अथवा किसान व्यवसायी होउन् । सबैका निम्ति, सबैको हितका निम्ति काम गर्ने नेकपा (एमाले) हो ।

सिपाहीको दर्जा थिएन । दर्जाहीनबाट सेना, प्रहरी, सशस्त्र प्रहरीका दर्जाविहीन अवस्थाबाट दर्जामा उठाउने काम २०५१ सालमा एमालेले गरेको थियो । यस देशमा ज्येष्ठ नागरिकलाई सम्झिने अर्को पार्टी छैन । नेकपा एमालेले सम्झिन्छ । सडकमा बालबालिका रहन नदिने, बालबालिकाको बन्दोवस्त गर्ने हामी अभिभावक छौं । सरकारमा रहँदा हामीले अभियान सुरु ग¥यौं । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बेसाहार व्यक्तिहरू सम्झिने नेकपा (एमाले) ले हो । त्यसकारण म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई आग्रह गर्न चाहन्छु, आज प्रवेश गर्ने साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूलाई आत्मविश्वासका साथ एमालेको झण्डा उठाएर, देशको झण्डा उठाएर, सूर्य चिन्हको झण्डा उठाएर, हसिया हथौडाको झण्डा उठाएर आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु ।

सरकार धाँधलीको तयारी गर्दै छ

सरकार निर्वाचनका लागि हरेक ठाउँमा धाँधलीको तयारी गरिराखेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने लाग्यो भने प्रहरीको सरुवा गर्छ । यहीँ ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ, कर्मचारीको सरुवा गरेको छ । कुनै प्रहरीले, कर्मचारीले गठबन्धनको चाकरी गर्दैन, कानूून बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गर्ने कस्तो सरकार हो ? यो सरकार अलोकतान्त्रिक, स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचारी सरकार हो । त्यसकारण यस्तो सरकारलाई यसका कुकर्महरूलाई रोकेर यसलाई पराजित गर्ने हाम्रो कर्तव्य हो । हामीले त्यो कर्तव्य लोकतन्त्रका लागि, देशलाई लोकतन्त्रमा अगाडि बढाउनका लागि पूरा गर्नुपर्छ ।

म सरकारलाई चेतावनीको भाषामा भन्न चाहन्छु, यस देशलाई हिंसामा लाने, अलोकतान्त्रिक र तानाशाही बाटोमा लाने दुुष्चेष्टा गठबन्धनले नगरोस् । नेकपा ९एमाले० पनि यस देशमा छ । जसो पायो त्यसो गर्न दिँदैन । म फेरि एकपटक तपाईंहरू सबैलाई नेकपा (एमाले) मा हार्दिक स्वागत गर्न चाहन्छु । यो अवसर जुटाउने नेकपा (एमाले) का नेताकार्यकर्ताहरू सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । साथीहरूलाई आफ्ना कामले, आफ्ना विचारले आकर्षित गर्ने काम जुन साथीहरूले गर्नु भएको छ, त्यसका निम्ति म नेकपा एमालेका कार्यकर्ताहरूलाई धन्यवाद भन्न चाहन्छु । एमालेलाई विश्वास गरेर प्रवेश गर्नु हुने साथीहरू अलपत्र पर्नु हुने छैन । एमालेले तपाईंहरूलाई अगाडि बढ्ने अवसर दिएर काम लगाउने छ । तपाईंहरूलाई गलत काममा प्रयोग गर्ने छैन । ढुुक्क भएर अगाडि बढ्नुस् भन्ने आग्रह गर्न चाहन्छु । धन्यवाद

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा महिला लिग छनौट आज २ खेल हुदैँ
    आजको मौसमः पाँच प्रदेशकाे पहाडी भु-भागमा भारी बर्षा हुने
    मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

    लोकप्रिय

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    ताजा

    एन्फा महिला लिग छनौट आज २ खेल हुदैँ

    आजको मौसमः पाँच प्रदेशकाे पहाडी भु-भागमा भारी बर्षा हुने

    २०८२ साउन ३० गते शुक्रबार यस्तो रहेको छ तपाईंको आजको राशिफल

    मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • एन्फा महिला लिग छनौट आज २ खेल हुदैँ
    • आजको मौसमः पाँच प्रदेशकाे पहाडी भु-भागमा भारी बर्षा हुने
    • २०८२ साउन ३० गते शुक्रबार यस्तो रहेको छ तपाईंको आजको राशिफल
    • मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित
    • एउटा खतरानाक समुन्द्री मार्ग, जसले १० बर्षमा निल्यो २५ हजार बढी आप्रावासी

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.