रवीन्द्र मिश्रले गरे काठमाडौं–१ बाट उम्मेदवारी घोषणा
जानकारी केन्द्र
२०७९, आश्विन, १४
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी मिश्रले पुरानै क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
विवेकशील साझा पार्टीका संस्थापक नेता रहेका मिश्र केही दिन अघि मात्रै राप्रपामा प्रवेश गरेका हुन् । वैकल्पिक राजनीतिको वकालत गर्दै आइरहेका मिश्र पछिल्लो समय नेपालमा गणतन्त्र, धर्मनिरीपेक्षताको औचित्य नरहेको बताउँदै आइरहेका छन् ।
मिश्रले यसअघि २०७४ को निर्वाचनमा क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राम्रो टक्कर दिएका थिए । मिश्रले १० हजार १ सय १८ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका उम्मेदवार बनेका सिंहले १० हजार ९ सय ३७ मत प्राप्त गरेका थिए ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

