• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
  • १४ घण्टा 

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
  • १६ घण्टा 

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
  • १८ घण्टा 

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६
  • १८ घण्टा 

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • २१ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
  • २१ घण्टा 

साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड
  • २१ घण्टा 

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ४. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ५. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ६. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

  • ८. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ९. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • १०. सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने

घोषणापत्र निर्माणमा ओलीको तामझाम

जानकारी केन्द्र २०७९, आश्विन, ३०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका केही तस्बिर शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भए। ललितपुरको लाँकुरी भन्ज्याङस्थित ‘द टेरेसस रिसोर्ट’मा रमाइरहेका बेलाका तस्बिर थिए ती।

जसमा ओलीले दूरबिनबाट टाढाको दृश्य नियालिरहेको, पिङ खेलिरहेको, नेताहरूसँग उभिएर मोबाइलमा हेरिरहेको र समूहमा बसेर छलफल गरिरहेको जस्ता तस्बिर छन्।

यसरी तामझामसहित लाँकुरी भन्ज्याङमा देखिएका अध्यक्ष ओली प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा लेखनका लागि त्यहाँ पुगेको बताइएको छ।

ती तस्बिरमा अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सुशील ज्ञवालीलगायत देखिन्छन्। उनीहरूबाहेक केही विषयविज्ञ समेत टोलीमा रहेको एमाले स्रोतले जनाएको छ।

ओलीको सचिवालय स्रोतका अनुसार टोलीले लाँकुरी भन्ज्याङगमा बसेर घोषणापत्रको मस्यौदा तयार पारिरहेको छ। प्रारम्भिक रूपमा घोषणापत्रका लागि जनस्तरबाट प्राप्त सुझावको अध्ययन, विश्लेषणसहित मस्यौदा लेखन भइरहेको छ। अध्यक्ष ओलीले घोषणापत्र निर्माणका क्रममा व्यस्त भएको देखाउन पहिलोपटक यसरी सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका होइनन्।

यसअघि पनि उनी पटकपटक सार्वजनिक चर्चा बटुल्नेगरी घोषणापत्रबारे प्रस्तुत भएका छन्। दुई दिनअघि मात्रै घोषणापत्रकै विषय उल्लेख गर्दै ट्विटर र फेसबुकमा उनले एक तस्बिर सार्वजनिक गरेका थिए। कुर्सीमा बसेर रातो कलमले लेखनमा ध्यानमग्न आफ्नो तस्बिर उनले सार्वजनिक गरेका थिए। जसको क्याप्सनमा उनले लेखेका थिए, आउँदो चुनावका लागि घोषणापत्रमा राख्न तपाईंले पठाएका सुझावहरू हेर्नतिर लागियो।

भदौ २७ गते पनि ओलीले घोषणापत्रका सन्दर्भमा एक भिडिओ सामग्री सार्वजनिक गरेका थिए। ५७ सेकेन्डको उक्त भिडिओको प्रारम्भमा कम्युटरमा बसेर आफ्नै पेजमा आएका टिप्पणीहरू पढिरहेको दृश्य देखाइएको छ। त्यसपछि उनले आफ्नो धारणा राखेका छन्।

त्यसको केही दिनअघि सामाजिक सञ्जालमा आफ्नो तस्बिरसहित ओलीले ‘तपाईंहरूको सुझाव चाहन्छु’ भन्दै एक पोस्टर सार्वजनिक गरेका थिए।

यसबाहेक ओलीले युवा, विद्यार्थी, उद्योगी, व्यवसायी, विभिन्न क्षेत्रका विज्ञ, वैज्ञानिकसँग अन्तक्र्रिया, अन्तरसंवादका माध्यमबाट पनि घोषणापत्रका लागि सुझाव संकलन गरेको एमाले स्रोत बताउँछ। जसमा उनी निकै तामझामसहित प्रस्तुत हुने गरेका दृश्य देखिएका छन्। नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

ताजा

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.