बर्दियाका किसानलाई धान भित्र्याउन चटारो
काठमाडौँ । बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्याएको धान भित्र्याउन राजापुर नगरपालिका–२ का ५८ वर्षीय सन्तोष थारूलाई एक छिन फुर्सद छैन। तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो।
यस्तै गेरुवा गाउँपालिका–५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दसैँको बेला आएको वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छन्। फेरि पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित पाकेको धान भित्र्याउन भ्याइनभ्याइ भएको हो। गत वर्ष पनि धान काट्ने बेला कात्तिक २ गते आएको बढीले ठूलो क्षति पुर्यायो। क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिइएको गेरुवा गाउँपालिका–२का सञ्जय आचार्यले गुनासो गरे। यस वर्ष पनि सहयोग नपाएको उनको भनाइ थियो।
मानो छरेर मुरी भित्र्याउने समय भएकाले निर्वाचनको चहलपहललाई बेवास्ता गर्दै र सबै काम छाडेर पाकेको धानबाली भित्र्याउन जुटेको मधुवन नगरपालिका–२ ओराली बजारका रामपाल चौधरीले बताए। उनले भने, ‘गत वर्ष वर्षातले सबै बाली सखाप पारेको थियो फेरि पनि वर्षा हुन्छ भन्ने डरले धानबाली भित्र्याउन बिहानदेखि बेलुकीसम्म खटिनु परेको छ।’ गुलरिया, मधुवन, राजापुर, गेरुवा र बारबर्दियामा छ हजार बिघा धानबालीमा क्षति पुगेको एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
