को को हुन् त रविसहित स्वतन्त्र पार्टीबाट जित्नेहरु ?
काठमाडौं । आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको परिणामअनुसार ६ महिना अघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात क्षेत्रमा जित हासिल गरेको छ । पार्टी सभापति रवि लामिछाने, डा।तोसिमा कार्की, सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, गणेश पराजुली र हरि ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका छन् ।
पार्टीका सभापति रबि लामिछानले प्रतिनिधि सभा सदस्यमा चितवन–२ बाट ४९ हजार २६१ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए ।
यसैगरी, डा।तोसिमा कार्कीले ललितपुर क्षेत्र नं। ३ बाट विजयी हासिल गरेकी छिन् । पाटन अस्पतालको जागिर छाडेकी डा। कार्कीले ३१ हजार १३६ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले उर्जामन्त्री पम्फा भुसाल र नेकपा एमालेका अमृत खड्कालाई फराकिलो मतान्तरले पराजित गरेकी हुन् ।
त्यस्तै, रवि लामिछानेले नेतृत्व गरेको पार्टीबाट काठमाडौं–६ मा शिशिर खनालले जित हात पारेका छन् । पूर्वमन्त्री भिमसेनदास प्रधान र एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई पराजित गर्दै १४ हजार २०४ मत ल्याएर खनाल विजयी भएका हुन् ।
काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी २७ वर्षीया सोविता गौतम निर्वाचित भएकी छिन् । उनी साढे तिन हजार मतान्तरले प्रतिपस्र्धी नेकपा एमालेका मणि फुयाललाई पछि पराजित गर्दै १५ हजार २२९ मत ल्याएर विजयी भएकी हुन् ।
नेकपा एमालेका उम्मेदवार श्याम घिमिरेलाई पराजित गर्दै कामठाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन् । उनले ८ हजार ७ सय मत प्राप्त गरेर विजयी भएकी हुन् । सो क्षेत्रमा वाम गठबन्धनबाट उम्मेदवारी दिएकी मानुषी यमी भट्टराई तेस्रो भइन् ।
चितवन–१ मा ३४ हजार १९८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले विजयी हासिल गरेका छन् । उनले नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ र नेपाली कांग्रेसका डा।विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका थिए । उनीहरुलाई फराकिलो मतान्तरले पराजित गर्दै ढकाल निर्वाचित भएका हुन् ।
सबैले आशा गरेका लौरो अभियानका संयोजक सुमन सायमीलाई पराजित गर्दै काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठले १० हजार १०५ मत ल्याएर विजयी हुँदा सायमी ५ हजार ८८९ मतमा रोकिए । पर्यटन मन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले ४ हजार ८७७ मतमा चित्त बुझाउनु परेको छ ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


