समानुपातिकतर्फ १ करोड मत गन्दा एमाले पहिलो दल
काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ आज बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा ९एमाले०ले प्रतिनिधि सभातर्फ समानुपातिकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर पहिलो दल बनेको हो । नेपाली कांग्रेसले २५ लाख ४८ हजार मत प्राप्त दोस्रो दल गरेको छ । त्यस्तै नेकपा ९माओवादी केन्द्र०ले ११ लाख ४३ हजार मत प्राप्त गरेर तेस्रो दल बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार, जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार र जनमत पार्टीले ३ लाख ५६ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।
नेकपा ९एकीकृत समाजवादी०ले अहिलेसम्म २ लाख ८१ हजार मत पाएको छ । निर्वाचनमा खसेको मत मध्ये सदर मतको ३ प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । आयोगले प्रदेशतर्फ समानुपातिकतर्फको मतगणना पनि जारी राखेको छ । प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि रहेको छ । मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

