उपेन्द्र यादव र अशोक राईको सम्बन्ध चिसियो, जसपा विभाजनको खतरा !
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईबीच सम्बन्ध चिसिएको छ । मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेको जसपाले अब सहकार्य अघि बढाउने कि तोड्ने भन्ने विषयले दुई नेताबीच दरार पैदा भएको छ । यादवले सोमबार विराटनगरबाट काठमाडौं आउने क्रममा एमालेसँगको सहकार्यको औचित्य समाप्त भएको अभिव्यक्ति दिएका थिए ।
यादवको अभिव्यक्तिले अब जसपा सरकार गठनमा सत्ता गठबन्धनसँग नजिकिएको रुपमा बुझिएको छ । यादव आँफै सप्तरीबाट चुनावमा पराजित भए । यादवको बुझाईमा एमाले–जसपा सहकार्यमा एमालेलाई नै बढि लाभ भएको छ । उनले आफूहरुको सहकार्य चुनावी प्रयोजनको लागि मात्रै भएकोले अब चुनाव सकिएपछि सहकार्यको औचित्य समाप्त भएको बताउन थालेका छन् ।
तर, वरिष्ठ नेता राई भने एमालेसँग नै मिलेर अघि बढ्नुपर्ने पक्षमा छन् । कतिपयले यादव र राईको विवादले जसपा नै विभाजन हुने त होईन रु भनेर प्रश्न उठाएका छन् । जसपामा अहिले निर्वाचित सांसदहरुमध्ये अधिकांश सांसद अध्यक्ष यादवसँग रुष्ट छन् । उनीहरुले वरिष्ठ नेता राईलाई नै साथ दिने बुझिएको छ ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

