• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ बैशाख २०८३, बिहीबार
२४ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध
  • ६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
  • २० घण्टा 

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
  • २१ घण्टा 

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
  • २२ घण्टा 

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • १ दिन 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • २. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • ३. कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?

  • ४. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ५. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ६. नारायणगढ मुग्लिन सडकमा पहिरो, यातायात आंशिक अवरुद्ध

  • ७. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ८. पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ९. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • १०. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : समानुपातिक प्रणाली मार्फत कुन दललाई कति सिट ?

जानकारी केन्द्र २०७९, मंसिर, २२

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन् ।

प्रतिनिधिसभामा सात राजनीतिक दलले ९२ लाख ७१ हजार सात सय १२ मत प्राप्त गरेका छन् । जसअनुसार नेकपा (एमाले) ले कूल सदर मतको ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २९ दशमलव २९ प्रतिशत मत प्राप्त गरी ३२ सिट पाएको छ । यस्तै नेकपा (माओवादी केन्द्र) ले कूल सदर मतको १२ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १२ दशमलव १९ प्रतिशत मत प्राप्त गरी १३ सिट पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ दशमलव ३५ मत प्राप्त गरी सात सिट, जनता समाजवादी पार्टीले ४ दशमलव ५४ मत प्राप्त गरी पाँच सिट र जनमत पार्टीले ४ दशमलव २६ मत प्राप्त गरी पाँच सिट प्राप्त गरेको छ । सातै प्रदेशको मतपरिणाम अनुसार निर्वाचनमा सहभागी दललाई आयोगले सिट बाँडफाँट गरेको छ ।

प्रदेश नम्बर १
नेकपा (एमाले) ले प्राप्त गरेको ३८ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी १५ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले ३२ दशमलव ६१ प्रतिशत मत प्राप्त गरी १२ सिट प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ दशमलव ५ प्रतिशत मतले ४, नेकपा (माओवादी केन्द्र) ले १० दशमलव ५ प्रतिशतले ४ सिट, जनता समाजवादी पार्टी, नेपालले ३ दशमलव ५ प्रतिशतले एक, नेकपा (एस) ले ३ दशमलव २४ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ । यस प्रदेशमा छ राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ कटाएका छन् ।

मधेस प्रदेश
यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेपाली कांग्रेसले २० दशमलव ४९ प्रतिशत मत प्राप्त गरी नौ सिट पाउँदा नेकपा(एमाले) ले १८ दशमलव मतले आठ सिट प्राप्त गरेको छ । जनमत पार्टीले १६ दशमलव ८६ मत प्राप्त गरी सात सिट प्राप्त गरेको छ भने जनता समाजवादीले १५ दशमलव ३ प्रतिशत मतले सात सिट प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले नौ दशमलव २६ प्रतिशत मत प्राप्त गरी चार सिट, नेकपा (एस) ले ५ दशमलव ८३ प्रतिशत मत प्राप्त गरी तीन सिट र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५ दशमलव ८ प्रतिशत मत प्राप्त गरी दुई सिट प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव ३३ प्रतिशत मतले एक, नेपाल सङ्घीय समाजवादी पार्टीले २ दशमलव ५७ मतले एक र नागरिक उन्मुक्ति पार्टीले दुई प्रतिशत ५५ दशमलव मतले एक सिट प्राप्त गरेको छ ।

बागमती प्रदेश
यस प्रदेशमा सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा (एमाले) ३२ दशमलव ३९ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २७ दशमलव २४ प्रतिशत मत पाई १२ सिट प्राप्त गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) ले १५ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ दशमलव ८३ प्रतिशत मतले ६ सिट प्राप्त गरेको छ । यता, नेकपा (एस) ले ३ दशमलव ७४ प्रतिशत मत र नेपाल मजदुर किसान पार्टीले ३ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी समान दुई सिट प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीले २ दशमलव ५७ प्रतिशत मतले एक सिट संङ्ख्या प्राप्त गरेको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा चार राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर प्रदेशसभा सदस्य प्राप्त गरेका छन् । नेकपा (एमाले)ले ३९ दशमलव ०३ प्रतिशत मतले १० र नेपाली कांग्रेसले ३७ दशमलव ०८ प्रतिशत मतले नौ सिट प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र) ले १२ दशमलव ४ प्रतिशत मतले तीन सिट र हाम्रो नेपाली पार्टीले ६ दशमलव ३१ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेश
यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा (एमाले) ले ३२ दशमलव १२ प्रतिशत मतले ११ सिट र नेपाली कांग्रेसले २८ दशमलव १३ प्रतिशत मतले १० सिट सङ्ख्या प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले ११ दशमलव १६ प्रतिशत मतले चार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ दशमलव १७ प्रतिशत मतले दुई, नागरिक उन्मुक्ति पार्टीले ७ दशमलव ०६ प्रतिशत मतले दुई र जनमत पार्टीले ४ दशमलव ५९ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ ।

त्यसैगरी जसपा नेपालले ३ दशमलव ४२ प्रतिशत मतले एक, नेकपा एस  ले २ दशमलव ४ प्रतिशत मतले एक, लोसपा नेपालले २ दशमलव १२ प्रतिशत मतले एक र राष्ट्रिय जनमोर्चाले १ दशमलव ८४ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा छ राजनीतिक दलमध्ये पाँच दलले सिट प्राप्त गरेका छन् । नेकपा (एमाले) ले ३२ दशमलव ७१ प्रतिशत र नेपाली कांग्रेसले ३० दशमलव ३६ प्रतिशत मतले समान पाँच सिट सङ्ख्या प्राप्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) ले २४ दशमलव ४७ प्रतिशत मतले चार सिट प्राप्त गरेको छ । यस्तै नेकपा (एस) ले ६ दशमलव ३७ प्रतिशत मत र राप्रपाले ४ दशमलव ४७ प्रतिशत मतले एकरएक सिट प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेश
यस प्रदेशमा छ राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् । नेकपा (एमाले) ले ३२ दशमलव २३ प्रतिशत मतले सात सिट सङ्ख्या प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले ३१ दशमलव ६३ प्रतिशत मतले सात सिट सङ्ख्या प्राप्त गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले १४ दशमलव २५ प्रतिशत मतले तीन सिट र नागरिक उन्मुक्ति पार्टीले ११ दशमलव ५६ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ । यता नेकपा (एसं) ले ५ दशमलव १४ प्रतिशत मत र राप्रपाले ५ दशमलव १९ प्रतिशत मतले एकरएक सिट प्राप्त गरेको छ । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध
यस्तो छ आजको मौसम पुर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध

यस्तो छ आजको मौसम पुर्वानुमान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.