लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिँदैछन् । आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्।
नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान छ।
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता गिरी एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४र४, जसपा, लोसपा र जनमतका ३र३ र २ स्वतन्त्र सासदहरूकोसहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। सत्तापक्षको स्पष्ट बहुमत देखिन्छ। प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सदस्य छन्। विश्वासको मत लिएपछी मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ।
अहिले दुई जना विनाविभागीय मन्त्री छन्। विश्वासको मत पश्चात् दुई जना मन्त्रीको जिम्मेवारी तोकिने र नयाँ मन्त्रीहरूसमेत नियुक्त गर्ने तयारी छ। प्रदेशमा मन्त्रालयको संख्या घटाउने मनस्थितीमा मुख्यमन्त्री गिरी पुगेका छन्। पहिलो मन्त्रीपरिषद् बैठकबाट एउटा मन्त्रालय घटाउँदै १२ मन्त्रालय बनाउने निर्णय भएको थियो। तर, फेरी दुई वटा मन्त्रालय घटाएर १० मन्त्रालय बनाउने तयारी गरिएको स्रोतको दावी छ।
मुख्मन्त्री गिरीलाई समर्थन गरेका दलहरूलाई मन्त्रालय बाँडफाँटमा भने सकस देखिन्छ। साना राजनीतिक दलले समेत दुई वटा मन्त्रालयमा दावी गरेपछी सत्ता समीकरण मिलाउन झनै चुनौती बढेको हो।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

