मेरो उपस्थिति सदनका लागि ऐतिहासिक क्षण हो– सोविता गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सोविता गौतमले आफूलाई मतदाताले निर्वाचित गराएर नेता भनेको एउटा ठूलो कद भएको व्यक्ति हुनुपर्छ भन्ने भाष्यलाई अन्त्य गराएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै गौतमले आफूभन्दा कान्छो व्यक्तिको यसभन्दा अघि संसदमा प्रतिनिधित्व नभएको दाबी गर्दै यस्तो बताएकी हुन् ।
‘मेरो उपस्थिति यो सदनकै निम्ति पनि ऐतिहासिक क्षण हुनसक्छ । सम्भवत म भन्दा कान्छो व्यक्तिले यो सदनमा सम्बोधन गर्ने मौका अवश्य पनि पाएको थिएन होला,’ उनले भनिन् । लोकतन्त्र शासन पद्धति नभएर जनताको जीवनशैली भएको र जनताको भावनाको प्रतिनिधित्व हुनुपर्ने उनले बताइन् ।
‘लोकतन्त्र फगत शासन पद्धति मात्रै होइन, जनतको जीवनशैली पनि हो । लोकतन्त्रको अब्बल परीक्षा पिछिडिएको वर्गले मुलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्रै हाम्रो लोकतन्त्र उन्नत हुनसक्छ,’ उनले भनिन् । साथै, उपसभामुखको उम्मेदवार रहेकी इन्दिरा राणाको प्रस्तावक रहेकी गौतमले इन्दिराको पक्षमा मतदानको लागि पनि आह्वान गरिन् । इन्दिरा उपसभामुखको कुर्चीमा बस्नु पद र संसद दुवैको सम्मान हुने उनले बताइन् । उनले उपसभामुखको अर्की उम्मेदवार मुक्ताकुमारी यादवलाई शुभकामना दिइन् ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


