धेरै खुशी हुनु पनि मुटुका लागि हानिकारक !
एजेन्सी । धेरै खुशी हुनु पनि मुटुको लागि खतरापूर्ण हुने एक अध्ययनमा संलग्न स्वास्थ्य विज्ञले निष्कर्ष निकालेका छन् । सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म, काममा प्रमोसन जस्ता समयमा बढी खुशी हुँदा मुटुसम्बन्धी समस्या देखिन सक्ने ती विज्ञले चेतावनी दिएका छन् ।
यो समस्यालाई ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ को संज्ञा दिइएको छ । परिवारको सदस्य गुमाउनु जस्ता दुखद पलले शरीरमा ‘ब्रोकन हार्ट सिन्ड्रोम’ निम्त्याउँछ जसले हार्ट अट्याक समेत हुन सक्छ ।
‘ब्रोकन हार्ट सिन्ड्रोम’ जस्तै गरी ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ पनि घातक हुन सक्ने विज्ञले बताएका छन् । स्वीट्जरल्याण्डको युनिभर्सिटी अस्पताल जुरीचका डा। जेलेना घाड्री र सहकर्मीले यसबारेमा अध्ययन गरेका थिए । जसमा धेरै जसो मुटुका केस, डर, तनाव, रिस लगायतका कारण उत्पन्न भएको पाइयो ।
तर अचम्मको कुरा २० प्रतिशत मुटुका समस्या बर्थडे पार्टी, विवाह, बच्चाको जन्म दिन जस्ता पलमा अत्यधिक खुशी भएका कारणले हुने गरेको देखियो ।
डा. जेलेना भन्छन्, ‘मुटुको अवस्था परिक्षण गर्दा अबदेखि यो समस्या खुशीको कारणले पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर गर्नु जरुरी देखिन्छ ।’
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
