धेरै खुशी हुनु पनि मुटुका लागि हानिकारक !
एजेन्सी । धेरै खुशी हुनु पनि मुटुको लागि खतरापूर्ण हुने एक अध्ययनमा संलग्न स्वास्थ्य विज्ञले निष्कर्ष निकालेका छन् । सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म, काममा प्रमोसन जस्ता समयमा बढी खुशी हुँदा मुटुसम्बन्धी समस्या देखिन सक्ने ती विज्ञले चेतावनी दिएका छन् ।
यो समस्यालाई ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ को संज्ञा दिइएको छ । परिवारको सदस्य गुमाउनु जस्ता दुखद पलले शरीरमा ‘ब्रोकन हार्ट सिन्ड्रोम’ निम्त्याउँछ जसले हार्ट अट्याक समेत हुन सक्छ ।
‘ब्रोकन हार्ट सिन्ड्रोम’ जस्तै गरी ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ पनि घातक हुन सक्ने विज्ञले बताएका छन् । स्वीट्जरल्याण्डको युनिभर्सिटी अस्पताल जुरीचका डा। जेलेना घाड्री र सहकर्मीले यसबारेमा अध्ययन गरेका थिए । जसमा धेरै जसो मुटुका केस, डर, तनाव, रिस लगायतका कारण उत्पन्न भएको पाइयो ।
तर अचम्मको कुरा २० प्रतिशत मुटुका समस्या बर्थडे पार्टी, विवाह, बच्चाको जन्म दिन जस्ता पलमा अत्यधिक खुशी भएका कारणले हुने गरेको देखियो ।
डा. जेलेना भन्छन्, ‘मुटुको अवस्था परिक्षण गर्दा अबदेखि यो समस्या खुशीको कारणले पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर गर्नु जरुरी देखिन्छ ।’
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

