Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

मेयर बालेन शाहको विरोधमा माघ १५ गते प्रदर्शन गरिने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, माघ, १०
मेयर बालेन शाहको विरोधमा माघ १५ गते प्रदर्शन गरिने

काठमाडौँ । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०विरुद्ध प्रदर्शन गर्ने भएको छ ।

मेयर शाहले काठमाडौँवासीलाई त्रसित बनाएको भन्दै विरोध प्रदर्शन गर्न लागिएको समितिका संयोजक सुमन सायमीले बताएका छन्। उनका अनुसार यही माघ १५ गते राजधानीको माइतीघर मण्डलामा मेयर शाहविरुद्ध धर्ना तथा प्रदर्शन गर्न लागिएको हो ।

मेयर शाह निरंकुश शैलीमा अघि बढेको र विकासका नाममा डोजर आतंक फैलाएको भन्दै विरोध प्रदर्शन गर्न लागेको समितिले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स